
काठमाडौं – पेरुको राजधानी लिमामा दुईतल्ले एक बसमा आगो लागेपछि कम्तीमा २० जना मारिएको अधिकारीहरूले जनाएका छन् ।
आइतवार भएको उक्त घटनामा कम्तीमा आठजना घाइते भएका छन् । बसबिसौनीमा उभिएको बसमा अचानक आगो लागेको थियो ।
प्रत्यक्षदर्शीहरूका अनुसार, आगो बसको पछिल्तिर भागबाट लाग्न शुरू भएको थियो र तत्कालै फैलियो ।
मारिएकामध्ये अधिकांश बसको माथिल्लो तल्लामा रहेको अधिकारीहरूले जनाएका छन् ।
बसमा कतिजना सवार थिए भन्ने स्पष्ट हुन सकेको छैन ।
बसमा आगो निभाउने कुनै साधन नभएको अधिकारीहरूको भनाइ छ ।
बस उत्तरी शहर चिकलायोतर्फ जाँदै थियो ।
एजेन्सी