×

NMB BANK
NIC ASIA

१४ हजार शिक्षक स्थायीमा सिफारिश

चैत २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ–आन्तरिक प्रतिस्पर्धामा सफल करीब १४ हजार विद्यालय तहका शिक्षकले स्थायी पदमा नियुक्ति पाउँदै गर्दा छुट अस्थायी शिक्षक स्थायी हुन पाउने मागसहित पुनःआन्दोलित भएका छन् । 

Muktinath Bank

शिक्षक समुदायसँगको सहमतिअनुसार सरकारले शिक्षा ऐन, २०२८ मा आठौँ र नवौँ संशोधनपछि शिक्षक सेवा आयोगले गत असार १९ मा गरेको विज्ञापनअनुसार लिखित र मौखिक परीक्षामा सफल भई नियुक्तिका लागि १४ हजार २७१ शिक्षकको सिफारिश भएको हो । यीमध्ये १७४ परीक्षार्थीको मौखिकको परीक्षा प्रकाशन हुन बाँकी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिफारिश भएका प्रावि तहका १० हजार ८८३, निमावी तहमा एक हजार ९०९ र मावि तहमा एक हजार ४७९ कार्यरत अस्थायी शिक्षकको स्थायी पदस्थापनाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ । ती शिक्षकले यही चैत मसान्तभित्र नियुक्तिपत्र पाउनेछन् । परीक्षामा सफल भई आयोगले अन्तिम नामावली प्रकाशन गरेको मितिले ती शिक्षक स्थायी नियुक्तिमा जानेछन् । 


Advertisment
Nabil box
Kumari

आयोगका सूचना अधिकारी रामराज खकुरेलका अनुसार कूल २६ हजार १५१ रिक्त शिक्षक दरबन्दीमध्ये २२ हजार ७६ पदमा विज्ञापन गरिएकामा दुई हजार ५०० पदमा दर्खास्त नपरेकाले बाँकी पदमा परीक्षा भएको थियो । उहाँले प्रावि तहका गत फागुन २६ र मावि तहको यही चैत १५ गते सिफारिश गरिएको जानकारी दिनुभयो । 

Vianet communication
Laxmi Bank

केन्द्रका निर्देशक नगेन्द्रप्रसाद रेग्मीमार्फत् सबै एकाइलाई निर्देशन पठाई प्रावि तहका शिक्षकलाई सोही विद्यालय र महिला तथा अपाङ्गता भएका शिक्षकलाई पायक पर्ने विद्यालयमा र अन्य शिक्षकलाई विषय र दरबन्दी हेरी प्राथमिकताका आधारमा नियुक्ति दिन आग्रह गरिएको छ ।

नेपाल शिक्षक महासङ्घले आन्तरिक परीक्षाबाट यति धेरै स्थायी शिक्षक नियुक्त हुनु ऐतिहासिक भएको ठान्दै सेवाबाट बिदा हुने अस्थायीलाई गत फागुन ९ गतेको सहमतिका आधारमा शिक्षकलाई चाँडो सुविधा दिएर घर पठाउन माग गर्दै आएको छ ।

स्थायी हुनेलाई नियुक्तिसँगै परीक्षामा भाग नलिएका अस्थायी शिक्षकलाई सुविधासहित अवकाश दिन पनि प्रक्रिया आरम्भ भएको छ । शिक्षा ऐन, २०२८ (नवौँ संशोधन) को दफा ११ (च) को उपदफा (९) अनुसार ती शिक्षकको विवरण यकिन गरी सेवाको अवधि प्रमाणितसहित शिक्षक किताबखानामा सिफारिश गर्न केन्द्रले सर्कुलर गरेको थियो ।

ऐनको ११ च को उपदफा १० (१) बमोजिम शिक्षक सेवा आयोगले स्थायी पदपूर्तिका लागि आन्तरिक लिइएको परीक्षामा दर्खास्त दिने अन्तिम मितिसम्मको अवधिलाई अधिकतम २० वर्ष मानी तोकिएको सुविधा दिइनेछ । हालसम्मको अनुमानमा करीब चार हजार शिक्षक यो प्रक्रियाबाट ‘गोल्डेन ह्याण्डसेक’ सहित बिदा हुनेछन् ।

मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले अवकाश प्रयोजनका लागि करीब रु आठ अर्ब बजेट लाग्ने अनुमान गरिएकामा करीब रु पाँच अर्ब बजेट रहेको र अपुग रु तीन अर्बका लागि अर्थ मन्त्रालयसँग समन्वय भइरहेको बताउनुभयो ।

छुट अस्थायीको आन्दोलन

विसं २०७२ असोज २ गते पछि अस्थायीमा नियुक्त भएका र गोल्डेन ह्याण्डसेकसमेत नपाउने भएका अस्थायी शिक्षकलाई स्थायी हुन पुनःएकपटक मौका दिइनुपर्ने भन्दै छुट अस्थायी शिक्षक सङ्घर्ष समितिले काठमाडौँमा धर्ना र दबाबमूलक कार्यक्रम सञ्चालन जारी राखेको छ । समितिका प्रदेश नं ३ का संयोजक बहादुरसिंह लामाले आजको बैठकले आन्दोलनलाई निरन्तर जारी राख्ने निर्णय भएको जानकारी दिनुभयो । 

यस आन्दोलनमा करीब १३ हजार अस्थायी शिक्षक रहेको लामाको दाबी छ । राहत र बालविकास शिक्षकले पनि आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउने माग गर्दै आएका छन् भने विज्ञ तथा विद्यार्थी सङ्गठनले सधैँ आन्तरिक प्रतिस्पर्धा गर्दा बजारका नयाँ जनशक्ति विद्यालय शिक्षामा आउने वातावरण नहुँदा शैक्षिक गुणस्तरमा नकारात्मक प्रभाव पर्ने जनाउँदै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १८, २०७६

सुर्खेत – तनहुँमा जन्मेर बर्दियामा हुर्केका एक व्यक्ति कर्णालीमा चर्चित छन् । उनलाई धेरैले प्रश्न सोध्ने गर्छन् – नारायण सिग्देल सर तपाई शिक्षक कि व्यवसायी ? उनको जवाफ हुन्छ – म व्यावसायिक शिक्षक ...

साउन २३, २०७६

जाजरकोट – जिल्लाको एक विद्यालयका शिक्षकहरूले १ वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माध्यमिक विद्यालय जिकुवाका निजी स्रोतबाट राखिएका...

असार २१, २०७६

बुटवल – बुटवलका जुम्ल्याहा दाजुभाइले फरर नेपाली बोल्ने रोबोट बनाएका छन् । गत वर्ष ‘गो–गो’ नाम दिइएको रोबोट बनाएका लब र कुश पन्थीले अहिले फेरि ‘मार्स रोबोट’ बनाएका हु...

साउन २५, २०७६

बेझाड – तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय १ शिक्षकको भरमा सञ्चालनमा छ । विद्यालयका ६ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ ।  विद्यालयमा महिनाभरि १० दिनमात्र पढाइ...

असार ९, २०७६

शिक्षा निरन्तर अनि असीमित आयाम र आयतनको हुन्छ भन्ने मान्यता विश्वभर स्थापित छ । प्राचीन पूर्वीय चिनियाँ दार्शनिक कन्फुजुले शिक्षालाई प्रमाणपत्र भन्दा पनि सद्गुण र सदाचारिता अनि शिष्टाचारिताको सम्मिश्रणात्मक प्रतिबिम्बनक...

साउन २१, २०७६

काठमाडौं – सरकारले शिक्षाका लागि तुलनात्मक रूपमा बजेट बढाउँदै लगेपनि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइस्तर भने दिन प्रतिदिन खस्किँदै गएको छ । विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षणअनुसार व...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x