कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बैशाख १६, २०७६
पोखरा- नियम विपरित क्याम्पसले विद्यार्थी भर्ना गरेको विषयमा सर्वोच्च अदालतले गरेको आदेशविरुद्ध पोखरा विश्वविद्यालयका विद्यार्थीले रिले अनसन शुरु गरेका छन् । तर विश्वविद्यालयले भने तोकिएबमोजिम नै सोमवारबाट परीक्षा सञ्चालन गरेको छ ।
विश्वविद्यालयको नियमविपरित क्याम्पसले भर्ना लिएका ३ सय ९१ विद्यार्थीलाई परीक्षामा सहभागी गराउन सर्वोच्चले दिएको आदेशको विरोधमा विद्यार्थीले गरेको प्रदर्शनसँगै विश्वविद्यालय परिसरमा रिले अनसन शुरु गरेका हुन् ।
अनेरास्ववियु, अखिल (क्रान्तिकारी), नेविसंघका विद्यार्थीहरू प्रदर्शनसहित केन्द्रीय क्याम्पसका सबै विभागका कार्यालयमा तालाबन्दी गर्न खोजेका थिए । आइतवार प्रहरीको हस्तक्षेपबाट विद्यार्थी मुकेश मेहता घाइते भए । उनी मेहता अस्पतालमा उपचार गरी हिजै घर फर्किसकेका छन् ।
पोखरा विश्वविद्यालयका स्ववियू सभापति सुनिल तिमिल्सिनाले सर्वोच्च अदालतको आदेशलाई विद्यार्थी संगठनहरुले स्वीकार गर्नुपर्ने बताए । ‘अदालतको आदेश हामीले स्वीकार गर्नु पर्छ,’ उनले भने, ‘सरकार एवं प्रधानमन्त्रीले गरेका निर्णय त अदालतले रोक्न सक्छ । अदालतको आदेशलाई सरकारले पालना गर्छ भने विद्यार्थीले अदालतको आदेश मान्दैनौं भन्नुको कुनै तुक छैन ।’
सभापति तिमिल्सिनाले केही विद्यार्थी संगठनले परीक्षा रोक्न भन्दै आन्दोलन गरेपछि विद्यार्थी संगठनका केन्द्रीय नेतृत्वले कुनै पनि हालतमा परीक्षा रोक्न नहुने निर्णय गरेको बताए ।
सोमवार पनि विद्यार्थी संगठनहरुले आन्दोलन जारी नै राखेका छन् । आन्दोलनमा सहभागी ११ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यार्थी नेताहरु सुस्मा गौतम, विकास रानाभाट, फिरोज सुवेदी, प्रताव बाँनिया, रोशन सुनार, राधव तिमिल्सिना, मदन साउद, अशोक तिवारी, सरोज शाह, प्रविण ओझा, असिम पौडेल लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका विद्यार्थीहरु तत्काल रिहाइ गर्नुपर्ने नेविसंघले माग गरेको छ ।
परीक्षामा जाने विद्यार्थीलाई अवरोध गरेका कारण नियन्त्रणमा लिईएको कास्कीका एसपी ओम रानाले बताए ।
यस अघि पनि शुक्रवार प्रशासन कक्ष र परीक्षा नियन्त्रणको कार्यालयमा तालाबन्दी गर्न खोज्ने ४ विद्यार्थीलाई प्रहरीले ८ घन्टा नियन्त्रणमा लिई छाडेको थियो ।
स्नातक तह व्यवस्थापन संकायमा भर्ना हुन न्यूनतम योग्यता ‘सी’ ग्रेड ल्याउनुपर्ने भएपनि ‘डी प्लस’ ग्रेड ल्याएका विद्यार्थीलाई रजिस्ट्रेशन लिई परीक्षामा सहभागि गराउन सर्वोच्च दिएको आदेश विरुद्ध विद्यार्थी आन्दोलित भएका हुन् । ग्रेड विवादले विश्वविद्यालयको परीक्षा ३ पटकसम्म स्थगित भइसकेको छ ।
अवैधानिक रुपमा ग्रेड मापदण्ड नपुगेका विद्यार्थीको परीक्षा लिन नहुने र सम्बन्धन प्राप्त ४२ क्याम्पसलाई कारवाही गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रिएको नेविसंघका विश्वविद्यालय इकाईका सचिव सचिन रानाभाटले जानकारी दिए ।
विद्यार्थीको परीक्षाको ग्रेडको मापदण्डको विषयमा गत हप्ता विश्वविद्यालय प्राज्ञिक परिषद् र कार्यकारी परिषद्को बैठकले ‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीको रजिस्ट्रेसन नगर्ने निर्णय गरेको थियो ।
त्यस लगत्तै ग्रेडको बारेमा गरिएको निर्णयविरुद्ध विद्यार्थी मन्दिप खड्का लगायतले विश्वविद्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
खड्काको रिटमा सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलाशले गएको १२ गते परीक्षाबाट विद्यार्थीलाई वञ्चित नगर्न आदेश दिएको थियो ।
विश्वविद्यालयका रजिस्टार गोविन्द शर्माले सर्वोच्चको आदेश कार्यान्वयन गर्नुपर्ने भएकोले ‘डी प्लस’ विद्यार्थीलाई परीक्षामा सहभागी गराइएको जानकारी दिए। ‘आजबाट परीक्षा सञ्चालन गरिएको छ,’ उनले भने ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...