काठमाडौं, ६ चैत – पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको भाषा, भूगोल र संस्कृतिलाई समेट्ने गरी तयार पारिएको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौंमा भएको एक कार्यक्रममा म्युजिक भिडियो सार्वजनिक गरिएको हो । साथै युट्युबमार्फत पनि भिडियो सार्वजनिक गरिएको छ । ‘निधारमा नाम्लो’ र ‘परिवर्तन’ शीर्षक राखिएको गीत सार्वजनिक गर्दै यो यात्रा गर्न आठ महिना लागेको सिनेमाटोग्राफर राजेन्द्र सापकोटाले बताए ।
नेपालको भूगोल देखाउनका लागि त्यही ठाउँमा गएर, राष्ट्रिय गीत तयार पारेको साथै नेपालका विभिन्न संस्कृतिलाई पनि एकै ठाउँमा देखाउन खाेजिएको छ । तराईदेखि हिमासलसम्मका दृष्यहरू कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।
'म्युजिकल डकुमेन्ट्री' समेत भन्न सकिने म्युजिक भिडियोमा लेखन, निर्देशन र संगीत मानव सुवेदीको छ । राजेन्द्र सापकोटाको सिनेमाटोग्राफी देख्न सकिन्छ । जगदिश न्यौपानेले सम्पादन गरेका छन् । साथै प्रडक्सन डिसाइनरका रुपमा सुरक्षा पन्त छिन् ।
भिडियोलाई सिजी इन्टरटेनमेन्टले बजारमा ल्याएको हो ।