०४ असार २०८३, बिहीबार

सरकारले शिक्षक दरबन्दी अभाव टार्न स्वयंमसेवक शिक्षक खटाउने

सरकारले शिक्षक दरबन्दी अभाव टार्न स्वयंमसेवक शिक्षक खटाउने

सामुदायिक विद्यालयमा गुणस्तर सुधारको दशक घोषणा गरेको सरकारले शिक्षक दरबन्दी अभाव टार्न स्वयंमसेवक शिक्षक खटाउने भएको छ । हाल करीब ५५ हजार शिक्षक दरबन्दी अपुग रहेकामा आज प्रस्तुत बजेटले नयाँ दरबन्दीका लागि रकम विनियोजन नगरी स्वयंसेवक शिक्षक खटाउने नीति लिएको हो ।

 राहत शिक्षकलाई आन्तरिक दरबन्दीका आधारमा सीमित प्रतियोगिता गराउन र बालविकासका शिक्षकलाई दरबन्दीमा ल्याउन आवश्यक बजेट विनियोजन भएको छैन । हाल मुलुकका ३५ हजार ५५ विद्यालयमध्ये २७ हजार ७२८ सामुदायिक विद्यलाय छन् । सामुदायिक विद्यालयमा हाल एक लाख ५१ हजार ७४८ शिक्षक छन् । आधारभूत तहमा ५५ लाख ५५ हजार विद्यार्थी छन् ।
    
‘चिनौं आफ्नो माटो, बनाऔँ आफ्नै देश’ अभियान सञ्चालन गरी प्राविधिक विषयमा स्नातकोत्तर तथा स्नातक युवालाई शिक्षक विद्यार्थी अनुपात धेरै भएका गणित, अङ्ग्रेजी र विज्ञान शिक्षक नपुग भएको विद्यालयमा स्वेच्छिक रुपमा शिक्षण स्वयमसेवकको रुपमा परिचालन हुने भएको हो । ती विषयमा नपुग शिक्षकको लागि शिक्षण सिकाइ अनुदान समेत गरी रु एक अर्ब ५० करोड विनियोजन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार त्यस्ता स्वयंसेवक शिक्षकलाई मासिक रु १५ हजारका दरले सुविधा दिइनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्