१६ असार २०८३, मंगलबार

पुरुषले तपाईंबाट चाहने तर व्यक्त नगर्ने सात कुरा

असार ८, २०७६
पुरुषले तपाईंबाट चाहने तर व्यक्त नगर्ने सात कुरा

पुरुषहरु तपाईंबाट के चाहन्छन् त्यो कुरा तपाईंलाई कहिले पनि भन्दैनन् । जसका कारण यो एउटा तनावको विषय बन्ने गर्दछ । उनीहरु तपाईंबाट के चाहन्छन् भन्दिने हो भने तपाईंका लागि धेरै कुरा सजिलो हुने थियोे ।

आज तपाईंहरुलाई हामी तपाईंको पुरुषले तपाईंबाट के कुरा चाहन्छन् भन्ने कुरा बताउँदैछौँ ।

सम्मानः
आफ्नो सम्मान कसलाई पो प्यारो हुँदैन र ? अझ पुरुषलाई त यो सबैभन्दा प्यारो हुने गर्दछ । तर, यस्तो कुराहरु कहिले पनि बताउँदैनन् । तर यसको मतलब यो होइन कि तपाईं उनको जे कुरामा पनि तारिफ गर्न सुरु गर्नुहोस् । यसको सट्टा उनीहरु तपाईंको जीवनमा कति महत्वपूर्ण छन् भन्ने कुरा देखाउनुहोस् र उनको भावना र बिचारहरुलाई कति सम्मान गर्नुहुन्छ भनेर पनि देखाउनुहोस् ।
 प्रशंसाः
पुरुषहरुलाई कसैले प्रशंसा गरेको निकै मनपर्दछ तर उनीहरु यस्तो कुरा सजिलै देखाउँदैनन् । उनीहरुलाई तपाईंले झुटो प्रशंसा गरेको त मनपर्दैन तर यदि वास्तवमा नै तारिफ गर्नुहुन्छ भने उनीहरुलाई यो कुरा निकै राम्रो लाग्दछ ।

 साथः
पुरुषहरुलाई महिलाको साथ निकै प्यारो लाग्दछ । यदि उनीहरु कुनै म्याच खेलिरहेका छन् अथवा टिभि हेरिरहेका छन् भने उनीहरुलाई तपाईं साथमा होस् भन्ने चाहन्छन् । यसबाट यो थाहा हुन्छ कि पुरुषहरु आफ्नो महिलासँग धेरै समय बिताउन चाहन्छन् ।
मधुर आवाजः
 कदरः
पुरुषहरु कदर गरेको मनपराउँछन् । यसका लागि तपाईंले त्यस्तो ठूलो केहि पनि गर्नुपर्दैन, मात्र धन्यवाद काफी हुन्छ । यदि उनले तपाईंलाई डिनरमा लिएर जाँदै हुनुहुन्छ अथवा तपाईंको केहि सामानमाथि हेरविचार गरिदिएकोमा धन्यवाद भन्नुहोस् । यसबाट उनलाई थाहा हुन्छ कि उनले जे गरिरहेका छन् तपाईंलाई त्यसले सकारात्मक प्रभाव पारिरहेको छ जसबाट उनीहरु पनि निकै खुसी हुने गर्दछन् ।
स्वतन्त्रताः
पुरुषहरुलाई आफ्नो स्वतन्त्रता निकै प्यारो हुने गर्दछ तर यसको मतलब उनीहरुलाई तपाईंले एक्लै छोडिदिने भन्ने होइन । उनीहरुलाई आफ्नो काम आफैँ गर्न मनपर्छ, यसमा तपाईंहरुले गल्ती नऔँल्याउँदा ने वेश हुन्छ । उनीहरुलाई आफ्नो साथीहरुसँग समय बिताउन दिनुहोस् । 
मधुरो बोलीको सबैले प्रशंसा गर्दछन् । पुरुषहरुलाई महिलाको सुरिलो आवाज मनपर्छ । यदि तपाईंको बोली मधुरो छैन भने पनि तपाईंले यसको लागि केहि कोसिस पक्कै गर्नुपर्ने हुन्छ जुन तपाईंको पुरुष तपाईंबाट चाहन्छन् तर कहिले पनि व्यक्ति गर्दैनन् ।
 प्रोत्साहनः
पुरुषहरुलाई प्रोत्साहनको जरुरी हुन्छ । आफूले माया गर्ने व्यक्तिलाई आफूलाई प्रोत्साहित गरोस् भन्ने उनीहरुको भित्रि इच्छा हुन्छ । यसका साथसाथै उनीप्रति तपाईंको विश्वास निकै महत्वपूर्ण हुने गर्दछ । तपाईंको साथले उनीहरुको इच्छाशक्तिलाई परिवर्तन गरिदिने गर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्