मंसिर ४, २०८०
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
काठमाडौं– मुलुकको सबैभन्दा ठूलो इन्धन डिपो अमलेखगञ्जमा पेट्रोलियम पाइपलाइनबाट इन्धन आउने भएपछि वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढी बचत हुने भएको छ ।
भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पदार्थ ढुवानीबापत खर्च हुने उक्त रकम बचत हुने भएको हो । पाइपलाइनको माध्यमबाट भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म सिधै पेट्रोल आइपुग्छ ।
हाललाई डिजेलमात्रै आयात गर्नेगरी निर्माण भएको पाइपलाइन अंग्रेजी पात्रो अनुसार आगामी महिना अगस्टमा नेपाल र भारतका प्रधानमन्त्रीद्वारा संयुक्त रूपमा उद्घाटन हुने आयल निगमले जानकारी दिएको छ ।
डिजेल मात्रै आयात गर्दा पनि वार्षिक ३ अर्बभन्दा बढी रुपैयाँ बचत हुने निगमले जानकारी दिएको छ ।
हाल मोतिहारीबाट अमलेखगञ्जसम्म दैनिक ४ हजार किलोलिटर (४० हजार लिटर) डिजेल आयात हुँदै आएको छ । मोतिहारीदेखि अमलेखगञ्जसम्मको ढुवानी रकम साढे २ रुपैयाँ प्रतिलिटर पर्छ ।
हालको अवस्थामा डिजेल आयात भइरहेमा र हालकै ढुवानी दरमा मासिक ३० करोड रुपैयाँ बचत हुने नेपाल आयल निगम अमलेखगञ्जका डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए । उनका अनुसार हालकै अनुपातमा ढुवानी बापत हुने खर्च वार्षिक साढे ३ अर्ब रुपैयाँभन्दा बढी जोगिने छ । यद्यपि पछिल्लो समय पेट्रोलियम पदार्थको आयात बढ्दो क्रममा रहेको छ ।
पाइपलाइनबाट पेट्रोलियम ढुवानी गर्दा समयको बचत हुने र इन्धन चोरीको समस्या पनि नहुने डिपो प्रमुख यादवले बताए ।
नेपाल आयल निगमका अनुसार मोतीहारीदेखि अमलेखगञ्ज पाइपलाइनको लम्बाइ ६८ दशमलव ९ किलोमिटर रहको छ । उक्त पाइपको बाहिरी गोलाई १० दशमलव ७५ इञ्च रहेको छ । पाइपको भित्री गोलाई १० इञ्च रहेको निमगले जानकारी दिएको छ ।
अमलेखगञ्ज डिपो प्रमुख यादवका अनुसार पाइपबाट प्रतिघण्टा २ सय ९४ किलोलिटर इन्धन आयात गर्न सकिने छ ।
पहिलो चरणमा डिजेलको मात्रै आयात गरिने र विस्तारै अन्य पेट्रोलियम पदार्थ पनि आयात गरिने निगमले जानकारी दिएको छ । भारतबाट पाइपलाइनमाफर्त् इन्धनको आयात हुनेभए पनि अन्य देशबाट समेत इन्धन आयात गर्न सकिने गरी भारतसँग सम्झौता गरिएको निगमका अधिकारीहरू बताउँछन् । नेपाल र भारतबीच इन्धनको कारोवार सम्बन्धमा प्रत्येक पाँच वर्षमा सम्झौता हुँदै आएको छ ।
मोतिहारीदेखि अमलेखगञ्जसम्म डिजेलको आयात गरी एक चरणमा परीक्षण भइसेकेको छ । परीक्षण सफल भएको भन्दै अगष्टभित्रै पाइपलाइनको औपचारिक उद्घाटन गरिने निगमका अधिकारीहरू बताउँछन्।
चितवनको लोथरसम्मै पाइपलाइन !
निगमले निकट भविष्यमा चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने योजना बनाएको छ । योजना अनुसार अमलेगञ्जदेखि चितवनसम्म रुट सर्भेको काम सम्पन्न भएको छ । ‘चितवनसम्म रुट सर्भे सम्पन्न भएको छ,’ निगमका एक अधिकारीले भने, ‘डिटेल अध्ययनका क्रममा रहेको छ । चितवनसम्म ६३ किलोमिटरमा पाइपलाइन विस्तार गरिने छ ।’
चितवनमा डिजेल र ग्यास दुवै पाइपलाइनबाटै पुर्याउने योजना रहेको र सोही अनुसार पाइपलाइन निर्माण गर्न भारतीय ओयल कर्पोरेसन (आईओसी)कै टोलीसँगको सहकार्यमा रूट सर्भे सकिएको निगमका अधिकारीहरू बताउँछन् ।
हाल अमलेखगञ्जमा १९ हजार ८ सय किलोलिटर डिजेल, १९ सय ३० किलोलिटर पेट्रोल र १५ सय किलोलिटर मट्टितेलको भण्डारण क्षमता रहेको छ ।
हाललाई पाइपलाइनमार्फत् आयात हुने डिजेल ३९ सय किलोलिटरको एउटा ट्याङ्कीमा र ४१ सय किलोलिटरका २ वटा ट्याङ्कीमा डिजेल भण्डारण गरिँदै आएको छ ।
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...