×

NMB BANK
NIC ASIA

बजेटभन्दा ठूलो व्यापार घाटा, निर्यात बढ्दा पनि घाटा बढेको बढ्यै

साउन १३, २०७६

NTC
Premier Steels

काठमाडौं – गत आर्थिक वर्ष २०७५/०७६ को बजेटभन्दा मुलुकको वैदेशिक व्यापार घाटा बढी पुगेको छ ।

Muktinath Bank

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा मुलुकको वैदेशिक व्यापार घाटा १३ खर्ब २१ अर्ब ४२ करोड ५८ लाख रुपैयाँ पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुल व्यापार सोही आर्थिक वर्षको बजेटभन्दा ६ अर्बले बढी हो । सो आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट रहेको थियो ।


Advertisment
Nabil box
Kumari

भन्सार विभागका अनुसार आर्थिक २०७५/०७६ मा १४ खर्ब १८ अर्ब ५३ करोड ५३ लाख रुपैयाँ बराबरका विभिन्न वस्तु आयात भएका छन् । यो आयात अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को तुलनामा करीब १४ प्रतिशतले बढी रहेको भन्सार विभागले जनाएको छ ।

Vianet communication

निर्यात बढ्दा पनि व्यापार घाटा बढेको बढ्यै

गत आर्थिक वर्षमा निर्यातमा सामान्य सुधार देखिएपनि व्यापार घाटा बढेको देखिएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा निर्यात करीब १९ प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक वर्षमा कूल निर्यात ८१ अर्ब ३५ करोड ९७ लाख ९६ हजार रुपैयाँ बराबरको भएको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्षमा १९.३६ प्रतिशतले निर्यात बढ्दै ९७ अर्ब १० करोड ९५ लाख रुपैयाँको निर्यात पुगेको भन्सार विभागले जनाएको छ । अघिल्लो आर्थिक २०७४/०७५ मा मुलुकको व्यापार घाटा ११ खर्ब ६३ अर्ब  ७४ करोड रुपैयाँ रहेको थियो ।

वैदेशिक व्यापार भारतबाट अत्यधिक

नेपालको वैदेशिक व्यापार १ सय ५० भन्दा बढी मुलुकसँग हुने गरेपनि सबैभन्दा ठूलो हिस्सा भारतकै रहेको छ । गत आर्थिक वर्षमा नेपालको कूल वैदेशिक व्यापारको ठूलो हिस्सा रहेको छ । सो आर्थिक वर्षमा ९ खर्ब १७ अर्ब रुपैयाँ बढीको आयात भारतबाट भएको छ । 

६२ अर्ब ७३ करोड रुपैयाँ बराबरको विभिन्न वस्तु भारततर्फ पनि निर्यात भएको भन्सार विभागको तथ्यांकमा रहेको छ । भारतसँगको व्यापार घाटा मात्रै ८ खर्ब ५५ अर्बभन्दा बढी रहेको छ ।

सो आर्थिक वर्षमा चीनबाट २ खर्ब ५ अर्ब ५१ करोड रुपैयाँ बराबरको आयात भएको र चीनतर्फ २ अर्ब १० करोड रुपैयाँ बराबरको निर्यात भएको छ । चीनसँगको व्यापार घाटा २ अर्ब ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ । नेपालको वैदेशिक व्यापारमा चीन र भारतको ठूलो हिस्सा रहेको छ ।

चीन र भारतबाहेक नेपालको वैदेशिक व्यापार अन्य मुलुकसँग पनि हुँदै आएको छ । संयुक्त अरब इमिरेट्स, फ्रान्स, इन्डोनेसिया, थाइल्याण्ड, क्यानडा जापान लगायतका डेढ सयभन्दा बढी मुलुकसँग नेपालको वैदेशिक व्यापार हुँदै आएको भन्सार विभागको तथ्यांक रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x