१६ असार २०८३, मंगलबार

रक्सीको लत छुटाउन अपनाउनुस् यो उपाय

भदौ १४, २०७६
रक्सीको लत छुटाउन अपनाउनुस् यो उपाय

काठमाडौं – आजकल धेरै मानिस रक्सी पिउँछन् । रक्सीको लतले धेरैका घरपरिवार नाश भइरहेका छन् । रक्सीका कारण धेरै घरमा कलह हुने गरेका छन् । 
रक्सी छुटाउनका लागि हामी यहाँ केही घरेलु उपचारहरू सुझाउँदैछौं । 

गाजरको जुस
रक्सी छोड्न चाहने मानिसलाई गाजर एकदम राम्रो फल हो । दिनदिनै गाजरको जुस पिउँदा रक्सी पिउने इच्छा मरेर जान्छ । अनि शरीरमा पनि ऊर्जा कायम रहन्छ । 

खजुर
दूधमा खजुर मिसाएर पिउँदा पनि रक्सीको लत छुटाउन सकिन्छ । यसलाई पिएको केही दिनमै तपाईंले फरक देख्न पाउनुहुन्छ । 

करेलाको रस
करेलाको रसले पनि रक्सीको लत छुटाउन मद्दत गर्छ । करेलाको पातलाई पिँधेर रस निकाल्नुस् । अनि त्यसमा दुई चम्चा मह मिसाएर पिउनुस् । 

अंगुर
वाइन बन्ने नै अंगुरबाट हो । दिनदिनै अंगुर खानुभयो भने केही दिनमै रक्सी पिउने बानी छुट्छ । 

ज्वानो
एक गिलास पानीमा ज्वानो राखेर पानी आधी नहुन्जेल उमाल्नुस् । त्यसलाई सेलाएपछि पिउनुस् । एक महिनासम्म लगातार यो रस पिउँदा रक्सी पिउने इच्छा घट्छ । 

भेडेखुर्सानी
भेडेखुर्सानीलाई पिँधेर त्यसको रस निकाल्नुस् । दिनदिनै खाना खाएपछि आधा कप भेडेखुर्सानीको रस पिउनुस् । यसो गर्दा केही दिनमै फरक देखिनेछ । 

अदुवाको तेल
अदुवाको तेल वा अदुवा हालेको चियाले पनि रक्सीको लत छुटाउँछ । अदुवाको तेलमा अलिकति मह मिसाएर पनि पिउन सक्नुहुन्छ । केही दिनमै रक्सी पिउन मन लाग्न छोड्छ ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्