१४ असार २०८३, आइतबार

तपाईंको नङको सेतो भाग कस्तो छ ? स्वास्थ्यका बारेमा अनेकौं रहस्य खोल्छ

भदौ २१, २०७६
तपाईंको नङको सेतो भाग कस्तो छ ? स्वास्थ्यका बारेमा अनेकौं रहस्य खोल्छ

तपाईँलाई थाहा छैन होला तर तपाईँका हातहरूमा अनेकौं रहस्य लुकेका छन् । हातका रेखा हेरेर ज्योतिषीले तपाईँको भविष्य बताइदिन्छन् । औंलाको आकारप्रकार हेरेर तपाईँको व्यक्तित्व पत्ता लाग्छ ।

हातकै कुरा गर्दा, तपाईँले आफ्ना नङहरूलाई ध्यान दिएर हेर्नुभएको छ ? नङको तल्लो भागमा आधी चन्द्रमा जस्तो आकार भेटिन्छ । यो भाग नङको अन्य भागभन्दा बढी सेतो हुन्छ । किन यस्तो भएको होला भनेर तपाईँले कहिल्यै सोच्नुभएको छ ? 

वास्तवमा यो नङको महत्वपूर्ण भाग हो । यसलाई ल्याटिन भाषामा लुनाला भनिन्छ । नेपालीमा यसलाई सानो चन्द्रमा भनौं । यो नङको सजावट मात्र होइन, यसले त तपाईँको स्वास्थ्यका बारेमा अनेकौं रहस्य खोल्छ ।

चीनका परम्परागत स्वास्थ्यकर्मीहरूका अनुसार यो सानो चन्द्रमा स्वास्थ्य नाप्ने साधन नै हो । तपाईँको स्वास्थ्य ठीक छैन भने यो चन्द्रमा नङमा पटक्कै देखिँदैन । स्वास्थ्य ठीक हुनेबित्तिकै यो फेरि नङमा देखिन थाल्छ ।

चन्द्रमाले तपाईँको स्वास्थ्यका बारेमा के बताउँछन्?
१. सामान्य चन्द्रमा
तपाईँका १० औंलाका नङमध्ये आठवटामा दूधजस्तो सेतो चन्द्रमा छ भने तपाईँको स्वास्थ्य गजबको छ भनी जान्नुस् ।

२. घटिरहेका चन्द्रमा
तपाईँका नङबाट चन्द्रमा लगातार हराइरहेका छन् वा बुढी औंलामा मात्र बाँकी छन् भने तपाईँ आफ्नो स्वास्थ्यप्रति सचेत हुनु जरुरी छ । छिट्टै बिरामी हुने कुराको सूचक हो यो ।

स्वास्थ्य विज्ञानका विज्ञहरूका अनुसार यो सानो चन्द्रमाले शरीरसँग सम्बन्धित अन्य धेरै रोगहरूको खुलासा गर्दछन् । शरीरमा फलामको मात्रा घटेको, थाइराइड, पिटुइटेरी ग्लान्ड र बि१२ भिटामिनको कमी भएको विषयलाई पनि चन्द्रमाले सचेत गराउँछन् ।

त्यसैले तपाईँ नङका यी चन्द्रमामा ध्यान दिने गर्नुहोस् किनकि जुनसुकै बेलामा पनि तपाईँको स्वास्थ्य गडबड हुनसक्छ ।

salt training

कमेन्ट गर्नुहोस्