२०७२ साल वैशाख १२ गते गएको भूकम्पका कारण क्षतिग्रस्त बनेको दशरथ रंगशाला पुनर्निर्माणको अन्तिम चरणमा छ ।
यही मंसिर १५ देखि २४ गतेसम्म चल्ने १३औं साग खेलकुद प्रतियोगितालाई लक्षित गरी रंगशालाको पुनर्निर्माणलाई अन्तिम रूप दिने काम भइरहेको हो ।
पुनर्निर्माण शुरू भएको लामो समय बितिसक्दा पनि सुस्त गतिमा अघि बढेको काम पछिल्लो केही महिनायता तीव्रताका साथ हुँदै आएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल १० गते (भोलि) सम्ममा काम सम्पन्न भइसक्ने दाबी गर्छन् ।
रंगशाला पुनर्निर्माण सकिएपछि पत्रकार सम्मेलन गरेर आफूहरू साग खेलकुदका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेको जानकारी गराउने उनले लोकान्तरसँग बताए ।
हेर्नुहोस्, दशरथ रंगशालाको फेरिएको रूप :