![प्रतिपक्षको भूमिका रचनात्मक हुँदा कर्णालीको संसद् प्रभावकारी : सभामुख शाही [अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/RajBahadur_Shahi_Banner_maZhCYwtB5.png)
भौगोलिक विकटता र राजनीतिकरूपमा समेत पिछडिएको क्षेत्र भनिने कर्णाली प्रदेशले अन्य प्रदेशको तुलनामा राजधानी र प्रदेशको नामाकरणमा सहज ढंगले सहमति कायम गर्यो ।
प्रदेश सभाले काम शुरू गरेको दुईवर्ष पुग्नै लाग्दा केही प्रदेशले भने नाम र राजधानीको टुंगो लगाउन समेत सकेका छैनन् ।
कर्णाली प्रदेशमा प्रदेशको नाम र राजधानी टुंगो लगाउन सभामुखको भूमिका विशेष रह्यो ।
लोकान्तर डटकमको ‘लोकान्तर शो’मा कुरा गर्दै सभामुख शाही प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको रचनात्मक भूमिकाका कारण कर्णालीको संसद्ले सहज ढंगले काम गरिरहेको बताउँछन् ।
प्रदेश सभाले कसरी काम गरिरहेको छ ? प्रदेश सरकार र संसद्बीच कुनै द्वन्द्व बढेको छ कि छैन ? स्वयं प्रदेश सभाको औचित्य कसरी पुष्टि गर्नु हुन्छ ?
यस्ता प्रश्नमा सभामुख शाहीको जवाफ सुन्न हेर्नुहोस्, भिडियो :