०९ असार २०८३, मंगलबार

ट्विटरमा रिप्लाई ब्लक गर्न मिल्ने सुविधा परीक्षण गरिँदै

ट्विटरमा रिप्लाई ब्लक गर्न मिल्ने सुविधा परीक्षण गरिँदै

ट्विटरमा अन्य प्रयोगकर्तालाई आफ्नो ट्वीटमा रिप्लाई गर्नबाट ब्लक गर्न मिल्ने फीचर ल्याउन लागिएको छ ।

ट्विटरले लास भेगासमा आयोजित एक समारोहमा नयाँ फीचर सार्वजनिकीकरण गर्दै कम्पोज ट्वीट स्क्रीनमा चारवटा रिप्लाई सेटिङ राखेको देखाएको छ : ग्लोबल, ग्रूप, प्यानल र स्टेटमेन्ट । 

यी विभिन्न विकल्पमा जोकोहीलाई पनि रिप्लाई गर्न दिने, आफूले फलो गरेको वा मेन्सन गरेको व्यक्तिमा मात्र रिप्लाई सीमित गर्ने, मेन्सन गरिएको व्यक्तिले मात्र कमेन्ट गर्न पाउने र सबै कमेन्ट ब्लक गर्ने सुविधा छ । 

ट्विटरमा ट्रोलिङ रोक्नका लागि यो फीचर ल्याउन लागिएको भनी कम्पनीले तर्क गरे पनि उक्त कार्यक्रममा सहभागीहरूले रिप्लाई गर्न नपाएर झूटो सूचना कसरी निराकरण गर्न सकिन्छ भनी प्रश्न गरेका थिए ।

यस परीक्षणबाट प्राप्त सूचनाको उपयोग गनरेर सन् २०२० को अन्त्यमा यसलाई संसारभरि लागू गर्ने ट्विटरको भनाइ छ । 

यो परिवर्तन गलत सूचनाको बाढीलाई रोक्न तथा अस्वस्थ संवादलाई घटाउन लक्षित रहेको ट्विटरले बतायो । 

परीक्षणकालमै रहेकाले यो फीचर सानो समूहका प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । 

अबका केही महिनामा नयाँ रिप्लाई सिस्टमको परीक्षण गर्ने र यसको सूक्ष्म निगरानी गरेर यसमा प्रतिक्रिया लिने अनि त्यसपछि मात्र यसलाई बृहत्तर रूपमा उपलब्ध गराउने कि नगराउने भन्ने निर्णय लिने ट्विटरले बतायो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्