२७ असार २०८३, शनिबार

यसकारण गरे अमिताभले रणवीर कपूरको प्रशंसा

कात्तिक २०, २०७४
यसकारण गरे अमिताभले रणवीर कपूरको प्रशंसा

काठमाडौं, १ वैशाख — अमिताभ बच्चन बलिउडका महानतम स्टार त हुँदै हुन्, उनको हृदय पनि विशाल छ ।


हालै उनले ट्विटरमा रणवीरको बाल्यकालको फोटो शेयर गरेर रणवीरलाई सुपरस्टार घोषणा गरेका छन् । रणवीर र उनकी बहिनी रिद्धिमाले आफ्नी आमा नीतुको हात समातेको र हजुरबा शशी कपूर पनि सँगै रहेको एउटा श्यामश्वेत तस्वीर शेयर गरेका छन् । तस्वीरमा अमिताभ पनि छन् ।

रणवीर कपूरले आँखा च्यातेर अमिताभलाई हेरिरहेको देखिन्छ । यही आँखा चौडा भएको बालक अहिले सुपरस्टार भएको छ भन्दै अमिताभले ट्विट गरेका छन् ।


अहिले अमिताभले यो ट्वीट गर्नुका पछाडि केही कारण हुन सक्छन् । हालै रणवीरले मुम्बईमा आयोजित लोकमत अवार्ड्स समारोहमा आउटस्ट्यान्डिङ इन्टरटेनरको सम्मान प्राप्त गरेका थिए । त्यसका अलावा अमिताभ रणवीरसँग अयान मुखर्जीको आगामी फिल्ममा सँगै देखिनेछन् ।

अनि 'ऐ दिल है मुश्किल'मा रणवीरले अमिताभकी बुहारी ऐश्वर्यासँग सेक्सी सिन दिएकोमा अमिताभको चित्त नबुझेको हल्लालाई शान्त पार्न पनि उनले त्यसो गरेका हुन सक्छन् ।

एजेन्सी


salt training

कमेन्ट गर्नुहोस्