×

NMB BANK
NIC ASIA

केन्द्रीय कमिटी बैठक

नेकपा नेताहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठनको माग !

माघ १७, २०७६

NTC
फाइल फोटो
Premier Steels

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको तेस्रो दिन आफ्नो समूहबाट प्रस्तुति दिँदै लेखनाथ न्यौपानेले नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गरेका छन् ।

Muktinath Bank

भ्रस्टाचारबाट देश आक्रान्त बनेको र भ्रष्टाचार नेताबाटै भएको निष्कर्षका साथ सम्पत्तिको पूर्ण छानबिन हुनुपर्ने माग न्यौपानेले गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'भ्रष्टाचार भएको छ पनि भन्ने तर त्यो सम्पत्ति कहाँ छ भनेर नभन्ने प्रवृत्ति बढेको निष्कर्षसहित हामीले नेताको सम्पत्ति छानबिन गर्नुपर्ने माग गर्‍यौं,' न्यौपानेले लोकान्तरसँग भने । 


Advertisment
Nabil box
Kumari

यसका लागि शक्तिशाली आयोग गठन गर्नुपर्ने र नेताहरूले राख्न पाउने सम्पत्तिको सिलिङ तोक्नुपर्ने माग न्यौपाने नेता रहेको समूह नम्बर १३ को तर्फबाट पेश भएको हो । 

Vianet communication

त्यस्तै शीर्ष नेताबीच नै गुट उपगुट चलाउने प्रतिस्पर्धा भएको र यसलाई पूर्ण रूपमा निर्मूल गर्न पार्टीसम्बद्ध प्रतिष्ठानहरूको खारेजी गर्नुपर्ने माग पनि उठेको छ ।

केन्द्रीय कमिटी सदस्य राजेन्द्र राईले गुट-उपगुट मौलाउन प्रतिष्ठानहरू जिम्मेवार रहेको निष्कर्ष आफ्नो समूहको रहेको बताए । 

समूह ११ को नेता समेत रहेका राईले पार्टीमा गुट छ भनेर शीर्ष नेताहरूले नै स्वीकार्ने गरेको तर कसको गुट छ भन्ने प्रश्नमा नेताहरू चुप रहने गरेको बताए । 

'पार्टी गुटबन्दीको अखडा भयो,' राईले लोकान्तरसँग भने, 'गुटबन्दीका सबै कारक तत्वहरू नष्ट गर्नुपर्र्छ । त्यसका लागि नेताहरूको नामबाट खोलिएका प्रतिष्ठानहरू बन्द गर्नुपर्छ ।'

शुक्रवार सातवटै प्रदेशका तर्फबाट अध्यक्ष सँगसँगै सम्पर्क समन्वय समिति, उपत्यका विशेष समिति र प्रवास कमिटीबाट प्रतिवेदन पेश भएको थियो । 

त्यससँगै ४ वटा समूहहरूले आफ्नो प्रस्तुति दिएका थिए । समूह १३ बाट लेखनाथ न्यौपाने, ९ बाट भगवती चौधरी, ६ बाट दिनानाथ शर्मा र २ बाट कमला रोकाले समूहगत प्रस्तुति दिए । 

समूहगत प्रस्तुतिमा सबै समूहबाट अमेरिकी सहयोग परियोजना (एमसीसी)का बारेमा प्रस्तुति आएको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा 'दीपशिखा'ले बताए । 

'एमसीसीका बारेमा धेरै केन्द्रीय कमिटी सदस्यहरूले बुझेको पाइएन, तर यसको विरोध र समर्थन भने सबैले गरेका छन्,' उनले लोकान्तरसँग भने, 'यसका लागि एउटा कार्यदल बनाएर अघि बढ्ने मोटामोटी निष्कर्ष आएको छ ।'

नेता राम कार्कीले विगतबाट उपलब्धि मात्र लिने तर त्यसको दायीत्व नलिने प्रवृत्ति देखाउन नहुने बताएका छन् ।

१४ नम्बर समूहको टोलीनेतासमेत रहेका कार्कीले नेपालको कम्युनिस्ट आन्दोलनको विगतले प्रत्येक कुरामा शंका गर्न सिकाएको बताए । 

'एमसीसीका बारेमा बहस हुनु सकारात्मक हो,' उनले भने, 'यो प्रत्येक जनताले बहस गर्न पाउनुपर्ने विषय हो । यससँग जोडिएका प्रत्येक सवालहरूको जवाफ खोज्नुपर्छ ।' 

कार्कीले विश्वमा 'डाटा कोलोनाइजेसन'को अवस्था आउनेतर्फ पनि सचेत हुनुपर्ने बताए ।

शनिवार बिहान ११ बजेबाट शुरू हुने अर्को बैठकमा बाँकी रहेका समूहहरूले समूहगत प्रस्तुति दिनेछन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेश गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेश गरेको सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा केन्द्रीय कमिटी सदस्यहरूले १५ वटा समूह बनाएर सामूहिक छलफल गरेका थिए । 

बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराही, पेरिसडाँडा र राष्ट्रिय सभागृहमा छुट्टाछुट्टै समूहको छलफल चलेको थियो । 

तीनवटै दस्तावेजमाथि धेरैजसो समूहको छलफल बिहीवारै सम्पन्न भएको भएपनि एकाध समूहले शुक्रवार बिहान पनि छलफल गरेका थिए । 

समूह १ मा उर्मिला अर्याल र आनन्द पोखरेल टोली नेता छन् भने समूह २ मा कमला रोका छिन् ।

३ नम्बर समूहमा खिमलाल भट्टराई, ४ नम्बरमा जगन्नाथ खतिवडा, ५ नम्बरमा ठाकुर गैरे, ६ नम्बरमा दिनानाथ शर्मा, ७ नम्बरमा पूर्णकुमारी सुवेदी, ८ नम्बरमा बिन्दा पाण्डे, ९ नम्बरमा भगवती चौधरी, १० नम्बरमा कोही चुनिएको छैन, ११ नम्बरमा राजेन्द्र राई, १२ नम्बरमा रेणु दाहाल, १३ नम्बरमा लेखनाथ न्यौपाने, १४ नम्बरमा राम कार्की र १५ नम्बरमा हिमाल शर्मा टोली नेता चुनिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x