१० साउन २०८३, आइतबार

भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग पूर्वमन्त्री चौधरीको भेट

असार २१, २०८३
काठमाडौं
भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग पूर्वमन्त्री चौधरीको भेट

नेपाली कांग्रेसकी नेतृ एवं पूर्वमन्त्री चन्दा चौधरीले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेकी छन्।

भारतको नयाँदिल्लीमा आइतबार भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा मित्रतालाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

दुवै पक्षले ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाउँदै सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा विचार आदानप्रदान गरेका थिए।

null

नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्षसमेत रहेकी नेतृ चौधरीले भारत सरकारले नेपाललाई विभिन्न क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।

उनले नेपाल र भारतबीच रहेको घनिष्ठ सांस्कृतिक सम्बन्ध तथा सहकार्यले नेपालको विकास, समृद्धि र जनहितमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

null

salt training

कमेन्ट गर्नुहोस्