
गुलाफको सुगन्ध राम्रोसँग पढ्न र निन्द्राको गुणवत्तामा सुधार ल्याउन सहयोग पु-याउन सक्छ। यो रहस्य एक नयाँ शोधबाट सार्वजनिक भएको छ।
पत्रिका ‘साइन्टिफिक रिपोर्ट्स’ मा प्रकाशित अध्ययन, अंग्रेजी शब्दावली सिकिरहेका दुई वर्गका विद्यार्थीमा गरिएको थियो। जसमा एक समूले नयाँ गुलाफको सुगन्धसँगै अंग्रेजी सिके भने अर्काेले गुलाब विना नै।
जर्मनीस्थित यूनिभर्सिटी अफ फ्रीबर्गका शोध प्रमुख जुर्गन कोर्नमीयरले भनेका छन्, ‘मैले देखे सुगन्धको सहायक प्रभाव जिन्दगीमा धेरै काम गरिरह्यो। यसलाई लक्षित तरिकाबाट प्रयोग गर्न सकिन्छ।’
शोधका लागि दक्षिणी जर्मनीको एक विद्यालयका ५४ विद्यार्थीमा गरिएको थियो।
परीक्षण समूहका युवा सहभागीलाई अंग्रेजी शब्दावली सिक्ने क्रममा घरमा आफ्नो डेस्कमा गुलाफ सुगन्धित अगरबत्ती लगाउन भनियो। साथै राति बेडको छेउ र बेडसाइडको टेबलमा पनि यस्तै गर्न भनियो।
एक अन्य प्रयोगमा अंग्रेजीको परीक्षणको दौरानमा टेबलको नजिक अगरबत्ती लगाउन भनियो। परिणामकाे तुलना परीक्षण परिणामबाट गरियो, जसबाट एक वा अधिक चरणमा कुनै पनि प्रकारको अगरबत्तीको प्रयोग गरिएन्।
जब सुत्न र सिक्ने बेला नजिकै अगरबत्तीको प्रयोग गरियो, त्यतिखेर विद्याथीले ३० प्रतिशतका साथ पढाइमा सफलता देखाए।