गायक अनिल सिंहले आफ्नो जीवन खतरामा रहेको बताएका छन् ।
मंगलवार सामाजिक सञ्जालमार्फत उनले आफ्नो जीवन खतरामा रहेको बताएका हुन् ।
उनले लेखेका छन्, 'माई लाइभ इज इन् डेन्जर ।'
उनले इमेज च्यानल, म्युजिक नेपाल, म्युजिक डट कम र इन्द्रेणी क्यासेट सेन्टर मिलेर आफ्नो गीत बेचेको पनि सामाजिक सञ्जालमार्फत आरोप लगाएका छन् ।