महाभारतमा केही प्रसङ्ग यस्ता पनि आएका छन्, जुन आजको चिकित्सा विज्ञानको उपलब्धिसित ठ्याक्कै मिल्दछ ।
उदाहरणका लागि कौरवहरूको जन्मसम्बन्धी प्रकरणलाई नै लिन सकिन्छ । महाभारतका पात्र महारानी गान्धारीको गर्भ रहेको दुई वर्षसम्म पनि बच्चा जन्मिएन ।
त्यसपछि उनले रिसाएर आफ्नो पेटमा आफैँले मुक्का बजारिन् । फलत: उनको गर्भपात भयो र एउटा कडा मासुको डल्लो निस्कियो ।
त्यति नै बेला त्यहाँ अकस्मात् व्यासजी आइपुगे र त्यसलाई विभाजन गरी १०१ वटा घडामा राख्न लगाएर बिर्को बन्द गरिदिए । त्यसको दुई वर्षसम्म घडा त्यत्तिकै रह्यो । न कसैले बिर्को खोलेर हेरे, न घडा आफैँ फुट्यो तर दुई वर्षपछि एकाएक घडा आफैँ फुट्यो र त्यसबाट दुर्योधनलगायत १०० वटा पुत्र र दु:शला नामक एक पुत्रीको जन्म भएको थियो ।
आजको भिडियोमा हामीले यसै प्रसङ्गलाई इतिहास, दर्शन र विज्ञानको दृष्टिले केलाउने प्रयास गरेका छौँ । भिडियोलाई अन्तिमसम्म हेरेर प्रतिक्रियाको अपेक्षा गरेका छौँ ।