०६ असार २०८३, शनिबार

६ घण्टा लामो अपरेसन चलाएर रुसी तेल ट्याङ्कर नियन्त्रणमा

जेठ ३१, २०८३
काठमाडौं
६ घण्टा लामो अपरेसन चलाएर रुसी तेल ट्याङ्कर नियन्त्रणमा

बेलायती रोयल मरिन कमान्डोहरूले आइतबार बिहान रुसको 'स्याडो फ्लिट' अन्तर्गतको एक तेल ट्याङ्करलाई नियन्त्रणमा लिएका छन्। 

रुसी तेल निर्यातमा लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न प्रयोग भइरहेको जहाज विरुद्ध बेलायती सशस्त्र बलले गरेको यो पहिलो प्रकारको सैन्य अपरेसन भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । 

बेलायती रक्षा मन्त्रालयका अनुसार, 'स्मर्टोस' नामक उक्त जहाजलाई नियन्त्रणमा लिन ६ घण्टा लामो अपरेसन चलाइएको थियो। रोयल मरिन कमान्डोका साथै 'नेसनल क्राईम एजेन्सी' का विशेष तालिमप्राप्त अधिकारीहरू हेलिकप्टरबाट 'फास्ट-रोपिङ' (डोरीको सहायताले ओर्लने प्रक्रिया) गरी जहाजमा प्रवेश गरेका थिए।

बीबीसी भेरिफाईका अनुसार, उक्त जहाजले जुन ५ मा रुसको उस्त-लुगा बन्दरगाहबाट यात्रा सुरु गरेको थियो। जुलाई २०२५ मा प्रतिबन्धित सूचीमा परेपछि यस जहाजले आफ्नो पहिचान लुकाउन नाम 'मर्टोस' बाट बदलेर 'स्मर्टोस' राखेको थियो भने दुई पटक आफ्नो झण्डा समेत परिवर्तन गरेको पाइएको छ। 

हाल यो क्यामरुनको झण्डा मुनि सञ्चालन भइरहेको थियो। रुसले आफ्नो तेल निर्यात जारी राख्न र युक्रेन विरुद्धको युद्धका लागि कोष जुटाउन ७०० भन्दा बढी जहाजहरूको 'स्याडो फ्लिट' सञ्चालन गरिरहेको छ।

salt training

कमेन्ट गर्नुहोस्