
प्रधानमन्त्री बालेन शाहले आफूसहित दुई मन्त्रीलाई देश बनाउने टोली भनेर स्वघोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति बालेनले गरेको पोस्टमा तीन जनाको फोटो छ । जसमा बालेनले दायाँबायाँ गृहमन्त्री सुदन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई राखेका छन् ।
उक्त फोटोसहित बालेनले लेखेका छन्, ‘पीएम (प्रधानमन्त्री), एचएम (गृहमन्त्री), आईएम (पूर्वाधार विकास मन्त्री) । देश बनाउने टोली ।