०६ असार २०८३, शनिबार

पहिलो महाधिवेशनअघि रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

असार ६, २०८३
काठमाडौं
पहिलो महाधिवेशनअघि रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । 

भरतपुरस्थित सिएटी होटलमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको प्रथम महाधिवेशनको तयारी, केन्द्रीय सचिवालयबाट पारित विधान संशोधन प्रस्ताव तथा समसामयिक सङ्गठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए  ।   

बैठकले महाधिवेशनका लागि आवश्यक तयारीको अन्तिम समीक्षा गर्दै विभिन्न प्रस्तावमाथि निर्णय गर्ने उनले बताए ।  रास्वपाले भोलिदेखि चितवनमा आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन आयोजना गर्दैछ । महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहनेछ । 

महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयनसँगै भावी राजनीतिक कार्यदिशा र सङ्गठन विस्तारसम्बन्धी महत्वपूर्ण निर्णयहरू हुने गौतमले बताए । 

चितवनमा हुन लागेको महाधिवेशनलाई रास्वपाले आफ्नो सङ्गठनात्मक विकास र संस्थागत सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्