०४ असार २०८३, बिहीबार

टेम्पो भीरबाट खसालिएको घटनामा ११ सरकारी कर्मचारी नियन्त्रणमा

जेठ ३१, २०८३
काठमाडौं
टेम्पो भीरबाट खसालिएको घटनामा ११ सरकारी कर्मचारी नियन्त्रणमा

कैलालीको गोदावरीमा टेम्पो भीरबाट खसालिएको घटनाको अनुसन्धानका लागि प्रहरीले ११ जना सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

 इलाका प्रहरी कार्यालय मालाखेतीमा चार र जिल्ला प्रहरी कार्यालय कैलालीमा सात जना कर्मचारीलाई राखिएको प्रहरीले जनाएको छ।

यस विवादमा जिल्ला प्रशासन कार्यालय कैलालीमा आइतबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा भएको छलफल निष्कर्षविहीन भएपछि सोमबार पुनः दुवै पक्षबीच वार्ता गर्ने सहमति भएको छ।

गत शुक्रबार गोदावरी–४ बासपानीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक किनारमा व्यापार गरिरहेकी स्थानीय धनादेवी धामीको टेम्पो भीरबाट खसालिदिएका थिए। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि व्यापक आलोचना भएको थियो।

वन कार्यालयले भने अतिक्रमण हटाउने क्रममा भिरालो भू–भागका कारण टेम्पो खसेको दाबी गरेको छ। टेम्पो चालु अवस्थामा थियो वा थिएन भन्ने विषयमा पीडित पक्ष र वन कर्मचारीबीच फरक–फरक दाबी रहेकाले त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्