
साइबर ब्यूरोले अनावश्यक एप डाउनलोड तथा इन्स्टल नगर्न आग्रह गरेको छ ।
ब्यूरो सोमबार एक सूचनामार्फत पछिल्लो समय सामाजिक सञ्जालमार्फत विभिन्न ठगी भइरहेकाले अनावश्यक एपहरू डाउनलोड गरी इन्स्टल नगर्न आग्रह गरेको छ ।
साथै ब्यूरोले बैंक तथा वित्तीय संस्थाहरूको आधिकारिक सूचना लिएर बैंकिङ सिस्टम अपडेट गर्न पनि सुझाव दिएको छ ।
'पछिल्लो समय सामाजिक सञ्जालका Ads तथा अनलाइनका विभिन्न माध्यमहरूमा विश्वकप २०२६ हेर्न सकिने भनी Android installer (.apk) Install गर्न लगाई विभिन्न Permissions हरू मागी, Allow गर्न लगाउने र मोबाइल बैंकिङ एप Hack गरी आर्थिक ठगी गर्ने प्रवृत्ति बढ्दो रहेको हुँदा यसतर्फ सचेत रहन सम्बन्धित प्रयोगकर्ताहरूलाई अनुरोध गरिन्छ,' ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीद्वारा जारी सूचनामा भनिएको छ ।