०५ असार २०८३, शुक्रबार
फिफा विश्वकप–२०२६

अमेरिकी भूमिमा इरानको उत्कृष्ट 'कमब्याक': दुई पटक पछि परेर पनि न्युजिल्यान्डलाई बराबरीमा रोक्यो

असार २, २०८३
काठमाडौं
अमेरिकी भूमिमा इरानको उत्कृष्ट 'कमब्याक': दुई पटक पछि परेर पनि न्युजिल्यान्डलाई बराबरीमा रोक्यो

फिफा विश्वकप–२०२६ मा एसियाली टोली इरानले सन्तोषजनक शुरूआत गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित सोफी स्टेडियममा मंगलबार बिहान खेलिएको खेलमा इरानले न्युजिल्यान्डलाई २–२ गोलको बराबरीमा रोकेको हो ।

खेलमा शुरूआती अग्रता न्युजिल्यान्डले लिएको थियो । खेल शुरू भएको सातौँ मिनेटमै न्युजिल्यान्डका लागि एलिया जस्टले पहिलो गोल गरेका थिए ।

तर, इरानले पहिलो हाफमै खेललाई बराबरीमा ल्यायो । निर्धारित समयको ३२औँ मिनेटमा इरानका लागि रामिन रेजाइनले जवाफी गोल गरे ।

दोस्रो हाफको खेल पनि निकै प्रतिस्पर्धात्मक रह्यो । दुवै टोलीका खेलाडीले एक–अर्काको पोष्टमा निरन्तर प्रहार गरिरहे ।

null

खेलको ५५औँ मिनेटमा न्युजिल्यान्डले फेरि अग्रता लियो । यसपटक पनि न्युजिल्यान्डका लागि जस्टले नै गोल गरे ।

निर्धारित समयको ६४औँ मिनेटमा इरानका लागि मोहम्मद मोहेबीले हेडमार्फत् उत्कृष्ट गोल गर्दै पुन: खेललाई बराबरीमा ल्याएका थिए ।

समूह ‘जी’मा चारवटै टोलीले एक–एक खेल सकेका छन् । चारवटै टोलीको एक–एक अंक छ । यही समूहको अर्को खेलमा इजिप्टले बेल्जियमलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्