०५ असार २०८३, शुक्रबार

अनिश्चितताबीच घर फर्कन थाले विस्थापित लेबनानी

असार २, २०८३
काठमाडौं
अनिश्चितताबीच घर फर्कन थाले विस्थापित लेबनानी

अमेरिका र इरानबीच ऐतिहासिक ‘शान्ति सम्झौता’को घोषणा भएसँगै ठुलो सङ्ख्यामा विस्थापित लेबनानी नागरिकहरू आफ्नो घर फर्कन थालेका छन् । सम्झौतामा लेबनानमा जारी युद्ध पनि समाप्त हुने कुरा उल्लेख गरिएपछि सोमबारदेखि नै दक्षिणी लेबनानका धेरै सहरहरूमा मानिसहरूको आउजाउ बाक्लिएको हो।

वर्षौँदेखिको द्वन्द्व र पछिल्लो समयको युद्धका कारण आफ्नो थातथलो छोडेर भाग्नुपरेका नागरिकहरूले गाउँ फर्किएर आफ्नो घर र वरपरका क्षेत्रमा भएको क्षतिको मूल्याङ्कन गर्न थालेका छन्।

यद्यपि, यो पुनरागमन पूर्ण रूपमा ढुक्क हुने अवस्थामा भने छैन। सम्झौताको पूर्ण प्रावधान र आधिकारिक दस्ताबेज अझै सार्वजनिक भइनसकेकाले धेरै नीतिगत प्रश्नहरू अनुत्तरित नै छन् । अझ, अमेरिकी अधिकारीहरूको पछिल्लो वक्तव्यले लेबनान यस सम्झौताको हिस्सा नभएको सङ्केत गरेपछि अन्यौलता थप बढेको छ।

यसैबीच, इजरायलले पनि दक्षिणी लेबनानमा तैनाथ आफ्ना सेनाहरू तत्काल फिर्ता नहुने अडान राखेको छ । सुरक्षाको ग्यारेन्टी स्पष्ट नभइसकेकाले स्थानीय अधिकारीहरूले विस्थापित नागरिकहरूलाई स्थिति अझै पूर्ण रूपमा सुरक्षित भइनसकेको भन्दै सतर्क रहन चेतावनी दिएका छन्। 

तर, सुरक्षाको संशय र अनिश्चितताका बाबजुद पनि आफ्नै घर फर्किने लेबनानीहरूको उत्साह र ताँती भने रोकिएको छैन।

salt training

कमेन्ट गर्नुहोस्