१० असार २०८३, बुधबार

भारतीय पर्यटकले भरियो पोखरा [फोटोफिचर]

असार २, २०८३
काठमाडौं
भारतीय पर्यटकले भरियो पोखरा [फोटोफिचर]

भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै नेपालको पर्यटकीय राजधानी पोखरा यतिबेला भरिभराउ बनेको छ ।

विशेषगरी लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल बढेसँगै डुङ्गा सयर, पदयात्रा तथा अन्य पर्यटन गतिविधि पनि सक्रिय बनेका छन् ।

डुङ्गा व्यवसायीहरूका अनुसार फेवातालमा एकै दिन पाँच हजारभन्दा बढी पर्यटकले डुङ्गा सयर गरेका छन् । अन्नपूर्ण क्षेत्रलगायत आसपासका विभिन्न पदमार्गमा पनि भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ ।

पर्यटकको बढ्दो चापसँगै पोखराका अधिकांश होटल भरिभराउ भएका छन् । सामान्यतया ‘अफसिजन’ मानिने यस अवधिमा समेत पर्यटकको संख्या उल्लेख्य रूपमा बढेपछि पर्यटन व्यवसायीहरू उत्साहित बनेका छन् ।

null

पर्यटन क्षेत्रका सरोकारवालाहरूका अनुसार वैशाखयता भारतीय पर्यटकको आगमन निरन्तर बढिरहेको छ । उनीहरूका अनुसार यो अवस्था नेपालको पर्यटन उद्योगका लागि सकारात्मक र सुखद संकेत हो ।

होटल व्यवसायीहरूले विगतका वर्षहरूको तुलनामा यस वर्ष भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको बताएका छन् । नेपाली नयाँ वर्षयता शुरू भएको पर्यटक आगमनको लहर जेठ महिनाको अन्त्यसम्म पनि निरन्तर कायम रहेको जनाइएको छ ।

पोखरा मात्र नभई गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, विशेषगरी मुक्तिनाथ तथा विभिन्न पदयात्रा मार्गमा समेत भारतीय पर्यटकको संख्या उत्साहजनक देखिएको छ । 

null

भारतमा बढ्दो गर्मीबाट राहत खोज्न तथा बिदाको सदुपयोग गर्न भारतीय नागरिकले नेपाललाई आकर्षक र सहज गन्तव्यका रूपमा रोज्न थालेका छन् ।

पर्यटन व्यवसायीहरूका अनुसार भारतीय पर्यटकको बढ्दो आगमनले पोखरा तथा समग्र नेपालको पर्यटन उद्योगमा नयाँ उत्साह थपेको छ ।

null

null

null

null

null

null

null

null

null

null

null

तस्वीर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

salt training

कमेन्ट गर्नुहोस्