०५ असार २०८३, शुक्रबार
विशेष अदालतको आदेश

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम कारागार चलान

असार २, २०८३
काठमाडौं
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम कारागार चलान

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतम कारागार चलान भएका छन् ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले मंगलबार गौतमलाई पुर्पक्षका थुनामा पठाउने आदेश दिएसँगै उनी कारागार चलान भएका हुन् । 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार प्रकरणमा गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा अदालतमा अभियोग दायर गरेको थियो ।

विशेष अदालतले ठहरे बमोजिम हुने गरी गौतमलाई थुनामा राख्न आदेश दिएको हो । 

आयोगले गौतमबाट ६ करोड ७३ लाख ९९ हजार ६४८ रूपैयाँ ५९ पैसा असुल उपर गरी सजाय गर्न मागदाबीसहित मुद्दा दायर गरेको थियो । 

अदालतमा बयानका क्रममा गौतमले आफूले कुनै रकम हिनामिना नगरेको भन्दै आरोप अस्वीकार गरेका थिए ।

उनले आरोप अस्वीकार गरे पनि इजलासले मुद्दाको प्रकृति, उपलब्ध प्रमाण तथा उनको भूमिकासम्बन्धी प्रारम्भिक आधारहरूलाई हेर्दा पुर्पक्षका लागि थुनामा राख्नुपर्ने निष्कर्ष निकालेको आदेशमा उल्लेख छ ।

आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा परामर्शदाता (कन्सल्टेन्ट) नियुक्ति तथा खर्च स्वीकृतिसम्बन्धी निर्णयमा अनियमितता भएको आरोप लगाउँदै गौतमविरुद्ध मुद्दा दायर गरेको थियो ।

आयोगका अनुसार तत्कालीन परियोजना निर्देशक प्रदीप अधिकारीले ईपीसी सम्झौतामा समावेश नभएको २८ लाख अमेरिकी डलर बराबरको अतिरिक्त परामर्श सेवा खर्च गराउने योजनामा सहमति जनाई गौतमले प्राधिकरणको छुट्टै बजेटबाट ५० करोड ३४ लाख ४० हजार ६६१ रूपैयाँ खर्च गर्न स्वीकृति दिएका थिए ।

सोही निर्णयका कारण प्राधिकरणलाई ८ करोड ९५ लाख २ हजार ८७० रुपैयाँ हानि पुगेको अभियोग छ ।

nullnull

salt training

कमेन्ट गर्नुहोस्