०८ असार २०८३, सोमबार

रिहा भएपछि चर्चित सेफ सन्तोष साहले के भने ?

असार २, २०८३
काठमाडौं
रिहा भएपछि चर्चित सेफ सन्तोष साहले के भने ?

 पक्राउ परेर रिहा भएका चर्चित सेफ सन्तोष साहले आफूविरुद्ध नियोजित रूपमा मानमर्दन गर्ने प्रयास भएको बताएका छन्।

उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा साहलाई हतारमा पक्राउ गरिएको भन्दै यसले उनको प्रतिष्ठा र गरिमामा आघात पुगेको उल्लेख गरिएको छ। विज्ञप्तिमा गैरीधारास्थित ‘सिला’ रेस्टुरेन्टको सम्पत्ति खरिद गरेर ‘मिथिला थाली’ सञ्चालन गरिएको र कारोबारसम्बन्धी अधिकांश रकम बैंकिङ प्रणालीमार्फत भुक्तानी भइसकेको दाबी गरिएको छ।

सचिवालयका अनुसार पछिल्लो विवादमा जोडिएको २५ लाख रुपैयाँमध्ये २८ लाख २५ हजार रुपैयाँभन्दा बढी रकम विभिन्न बैंकमार्फत भुक्तानी भइसकेको छ। साथै, अदालतको फैसलाविरुद्ध उच्च अदालत जाने तयारी भइरहेका बेला पक्राउ गरिएको भन्दै यसप्रति आपत्ति जनाइएको छ।

साह अहिले हिरासतमुक्त भइसकेका छन्। उनी बैंकिङ कसुरमा केही दिनअघि धनुषाबाट पक्राउ परेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्