०९ असार २०८३, मंगलबार

कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना, पश्चिम तराईमा 'तातो दिन'

असार ३, २०८३
काठमाडौं
कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना, पश्चिम तराईमा 'तातो दिन'

 हाल देशमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वी वायुको आंशिक प्रभाव रहेको छ ।   जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। यस्तै, 

कोशी र मधेश प्रदेशका तराईका केही क्षेत्रमा पनि वर्षा हुनसक्ने देखिएको छ।

यद्यपि, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहने र केही स्थानहरूमा 'तातो दिन'को सम्भावना रहेकाले गर्मी बढ्न सक्ने महाशाखाले उल्लेख गरेको छ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा वर्षाको क्रम जारी रहने पूर्वानुमान गरिएको छ। 

वर्षा र चट्याङ्गको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्