
अमेरिका-इरान सम्झौताबीच अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी जारी गरेका छन् । सीएनएन रिपोर्टका अनुसार, युद्धपछि इरान अझ शक्तिशाली बनेको हो ।
इरानले अब इच्छाअनुसार हर्मुजको जलमार्ग बन्द गर्न सक्ने गुप्तचर एजेन्सीहरूको अनुमान छ । रिपोर्टमा युद्धपछि इरानले विश्वव्यापी अर्थतन्त्रलाई हानि पुर्याउने नयाँ शक्तिशाली क्षमता प्राप्त गरेको उल्लेख छ ।
इरानले आणविक बमभन्दा शक्तिशाली हतियार प्राप्त गरेको अमेरिकी अधिकारीहरूको विश्वास छ ।
रिपोर्टमा यदि आणविक वार्ता भंग भयो भने यमनका हुथी विद्रोहीहरू हुँदै बाब-एल-मन्डेब जलडमरूममा पनि संकट उत्पन्न हुन सक्ने जनाइएको छ । यस अवस्थामा विश्वका दुई प्रमुख समुद्री व्यापार मार्गहरू एकैसाथ प्रभावित हुन सक्छन्।