०४ असार २०८३, बिहीबार
संसद्‌मा मन्त्रीको जवाफ

निजामती कर्मचारीको ५५ वर्षे उमेर हदबारे संसद्‌बाटै निर्णय हुन्छ : मन्त्री रावल

असार ३, २०८३
काठमाडौं
निजामती कर्मचारीको ५५ वर्षे उमेर हदबारे संसद्‌बाटै निर्णय हुन्छ : मन्त्री रावल
फाइल तस्वीर ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती कर्मचारीको ५५ वर्षे उमेर हद सम्बन्धी विषय संसद्‌मा पेश भएपछि टुंगो लाग्ने बताएकी छन् ।

बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले प्रस्तावित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रायका लागि रहेको जानकारी दिइन् ।

उनले उक्त विधेयक संसद्‌मा पेस भएपछि त्यसमा समावेश उमेर हदलगायतका विषयमा संसद्‌बाटै निर्णय हुने बताइन् ।

मन्त्री रावलले प्रस्तावित निजामती सेवा विधेयक अहिले प्रक्रियामै रहेको र संसद्‌मा प्रवेश गरेपछि आवश्यक छलफल तथा निर्णय हुने भन्दै यस विषयमा थप टिप्पणी गर्न चाहिनन् ।
 

salt training

कमेन्ट गर्नुहोस्