०५ असार २०८३, शुक्रबार
फिफा विश्वकप–२०२६

कोलम्बियाको शानदार शुरूआत, उज्वेकिस्तानले डेब्यु गोलमै चित्त बुझायो

असार ४, २०८३
काठमाडौं
कोलम्बियाको शानदार शुरूआत, उज्वेकिस्तानले डेब्यु गोलमै चित्त बुझायो

फिफा विश्वकप २०२६ को समूह 'के' अन्तर्गतको खेलमा कोलोम्बियाले उज्वेकिस्तानलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार शुरूआत गरेको छ। मेक्सिको सिटी स्टेडियममा भएको रोमान्चक भिडन्तमा दुवै टोलीका लागि ऐतिहासिक क्षणहरू बने । खेल सोचेजस्तो सहज र सुन्दर नभए पनि कोलोम्बियाले तीन गोल गर्दै महत्त्वपूर्ण ३ अंक बटुल्यो।

खेलको पहिलो हाफमा कोलोम्बियाले दबाब बनाएको थियो । ४० औँ मिनेटमा ड्यानियल मुनोजले गोल गर्दै कोलोम्बियालाई  शुरूआती अग्रता दिलाए। पहिलो हाफमा कोलोम्बिया १–० ले अगाडि रह्यो ।

दोस्रो हाफमा उज्वेकिस्तानले खेलमा उत्कृष्ट पुनरागमन गर्‍यो । ६० औँ मिनेटमा उज्वेकिस्तानका अब्बोसबेक फायजुल्लाएभले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । यो गोल उज्वेकिस्तानको फुटबल इतिहासकै पहिलो विश्वकप गोल बन्न पुग्यो, जसका कारण टोलीले ठुलो उत्सव मनाएको थियो।

तर, उज्वेकिस्तानको यो खुसी धेरै समय टिक्न पाएन । बराबरी भएको ठीक ५ मिनेटपछि (६५ औँ मिनेटमा) कोलोम्बियाका स्टार स्ट्राइकर लुइस डियाजले उत्कृष्ट गोल गर्दै टोलीलाई पुनः २–१ को अग्रता दिलाए । डियाजको करियरकै यो पहिलो विश्वकप गोल हो ।

null

खेलको अन्तिम समयमा उज्वेकिस्तानले बराबरी गोल फर्काउन निकै प्रयास गरे पनि कोलोम्बियाको रक्षापङ्क्तिले त्यसलाई असफल बनाइदियो । उल्टै इन्जुरी समयको ९८ औँ मिनेटमा (९०+८') कोलोम्बियाले उत्कृष्ट काउन्टर अट्याकमार्फत तेस्रो गोल थप्यो । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका जेमिन्टन काम्पाजले गोल गर्दै कोलोम्बियाको ३–१ को जित निश्चित गरे ।

जितसँगै कोलोम्बिया ३ अंक जोड्दै समूह 'के' को शीर्ष स्थानमा उक्लिएको छ। यसअघि यसै समूहको अर्को खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र कङ्गोबीचको खेल बराबरीमा सकिएकाले कोलोम्बियालाई शीर्ष स्थानमा पुग्न सहज भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्