०५ असार २०८३, शुक्रबार

अखबारमा खाना लपेट्ने बानी छ ? होसियार !

लिवर, मिर्गौला डैमेज र क्यान्सरजस्ता घातक रोगको जोखिम !
असार ५, २०८३
काठमाडौं
अखबारमा खाना लपेट्ने बानी छ ? होसियार !

नेपाली समाजमा स्ट्रिट फूड (जस्तै: समोसा, पकौडा, कचौरी, जेरी वा चटपटे) अखबार वा पत्रपत्रिकाको कागजमा बेरेर खाने वा घर लैजाने चलन निकै सामान्य छ। तर, के तपाईंलाई थाहा छ? यो बानी स्वास्थ्यका लागि कति घातक हुन सक्छ? अखबारमा प्रयोग गरिने मसी (इंक) र त्यसमा हुने केमिकल सिधै हाम्रो शरीरमा पुगेर क्यान्सर, फूड पोइजनिंग र कलेजो तथा मिर्गौला खराब गर्नेजस्ता गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ ।

‘फूड सेफ्टी स्ट्यान्डर्ड अथोरिटी अफ इन्डिया’ले जारी गरेको निर्देशिका अनुसार, खाना जतिसुकै सफा र स्वच्छ तरिकाले तयार गरिएको भए पनि त्यसलाई अखबारमा लपेट्दा त्यसको गुणस्तर र सुरक्षा पूर्ण रूपमा नष्ट हुन्छ।

हालै मात्र भारतको महाराष्ट्रको ‘फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन’ले खाद्यपदार्थहरू अखबारमा प्याक गर्ने बिक्रेताहरूविरुद्ध विशेष अभियान चलाएको थियो। यस क्रममा ५५ मध्ये २६ वटा पसलहरूले अखबारमा खाना प्याक गरिरहेको पाइएपछि उनीहरूमाथि कानुनी कारबाहीसमेत गरिएको छ।

अखबार छाप्न प्रयोग गरिने मसीमा धेरै प्रकारका विषालु रसायनहरू हुन्छन् । यसमा हुने मिनरल आयल एरोम्याटिक हाइड्रोकार्बन केमिकलले शरीरमा टक्सिसिटी (विषाक्तता) बढाउँछ। पोलिसाइक्लिक एरोम्याटिक हाइड्रोकार्बनले कोषहरूमा अक्सिडेटिभ स्ट्रेस बढाएर क्यान्सरको जोखिम निम्त्याउँछ।

एरोम्याटिक अमाइन्स पनि क्यान्सरकारक तत्व मानिन्छ। सिसा र भारी धातुहरूले मस्तिष्क र स्नायु प्रणालीलाई गम्भीर क्षति पुर्‍याउँछ।

मसीमा भएका रसायनहरूले मानव शरीरको ब्लुप्रिन्ट अर्थात् डीएनएनमा 'म्युटेसन' (स्थायी परिवर्तन) ल्याउन सक्छन्, जसले गर्दा क्यान्सरको खतरा बढ्छ। यी केमिकलहरूले शरीरको हर्मोन प्रणालीमा अवरोध सिर्जना गर्छन्, जसका कारण थाइराइडको समस्या र फर्टिलिटी (प्रजनन क्षमता)मा ह्रास आउन सक्छ। 
पुरुषहरूमा स्पर्म काउन्ट (शुक्रकीटको संख्या), गति र गुणस्तरमा नकारात्मक असर पर्छ भने महिलाहरूमा पनि बाँझोपनको समस्या हुन सक्छ। गर्भवती महिलाहरूमा यसले भ्रूणको विकासलाई समेत रोक्न सक्छ।

यसले कलेजो (लिवर), मिर्गौला (किडनी) र केन्द्रीय स्नायु प्रणाली (ब्रेन)लाई बिस्तारै ड्यामेज गर्दै लैजान्छ, जसले गर्दा स्मरणशक्ति कमजोर हुने र सिक्ने क्षमतामा ह्रास आउने गर्छ।

अखबार धेरै हातहरू हुँदै, धुलो र फोहोरको सम्पर्कबाट गुज्रिएर आउने भएकाले यसमा अनगिन्ती कीटाणुहरू हुन्छन्। यसले गर्दा फूड पोइजनिङ र पेटको सङ्क्रमण (गट इन्फेक्सन) को तत्कालै खतरा हुन्छ।

यदि खाना तातो र तेलयुक्त छ भने जोखिम झन् दोब्बर हुन्छ। तातोका कारण अखबारको मसी सजिलै पग्लिन्छ र केमिकलहरू खानेकुरामा सोसिन्छन्। धेरैजसो रासायनिक तत्वहरू तेलमा सजिलै घुल्ने भएकाले समोसा, कचौरी, पराठा जस्ता चिल्ला खानेकुरा अखबारमा राखेर खानु निकै हानिकारक हुन्छ। सुख्खा खानेकुरा राख्नु अलि कम जोखिमपूर्ण भए पनि अखबार 'फूड-ग्रेड' सामग्री नभएकाले यसमा कुनै पनि खानेकुरा राख्नु सुरक्षित हुँदैन।

अखबारमा बेरिएको खाना कसैका लागि पनि सुरक्षित छैन, तर बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा, र पहिले नै कुनै क्रोनिक (दीर्घरोग) वा कमजोर रोगप्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूका लागि यो झनै बढी खतरनाक मानिन्छ। यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा अवरोध पुर्‍याउँछ।

के किताब वा म्यागजिनको पाना सुरक्षित हुन्छ? पक्कै हुँदैन। किताब, म्यागजिन, पुराना कापी वा विज्ञापनका प्याम्फलेटहरूमा प्रयोग गरिने मसी र कागज पनि फूड-ग्रेडका हुँदैनन्। पुराना पानाहरूमा धुलो र कीटाणुहरू हुने भएकाले तिनमा खानेकुरा राख्नु पनि उत्तिकै असुरक्षित छ। यहाँसम्म कि अखबारमा तरकारी वा किरानाका सामान पोको पारेर राख्दा पनि त्यसको मसी र फोहोर तरकारीमा सर्ने खतरा रहन्छ।

सडक किनारका स्ट्रिट फूड पसलहरूबाट खानेकुरा किन्दा सधैँ निम्न कुराहरूमा ध्यान दिनुहोस्:
खाना अखबार वा प्रिन्टेड कागजमा प्याक वा सर्व गरिएको हुनुहुँदैन।
बिक्रेताले खानेकुरा बनाएर अखबारमा भण्डारण (स्टोर) गरेको हुनुहुँदैन।
पसल र वरपरको वातावरण सफा हुनुपर्छ, खाना छोपेर राखिएको र ताजा हुनुपर्छ।
सुरक्षित विकल्पहरू:
खाना लपेट्न सधैँ फूड-ग्रेड बटर पेपर, आल्मुनियम फोइल, वा राम्रो क्वालिटीको टिस्यु पेपर प्रयोग गर्नुहोस्।
खाना राख्न वा पस्कन स्टेनलेस स्टीलका भाँडा, काँचका कचौरा/प्लेट वा फूड-ग्रेड प्लास्टिक र सिलिकनका सुरक्षित कन्टेनरहरू मात्र प्रयोग गर्नुहोस्।

salt training

कमेन्ट गर्नुहोस्