१० असार २०८३, बुधबार
राहदानी खरिद ठेक्का प्रकरण

राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ विरुद्ध १० अर्बको भ्रष्टाचार मुद्दा

असार ८, २०८३
काठमाडौं
राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ विरुद्ध १० अर्बको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगले सोमबार विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ विरुद्ध मुद्दा दायर गरेको हो ।

यसमा १६ जना व्यक्ति र २ कम्पनी छन् ।

विशेष अदालतका सूचना अधिकारी पार्वती हितानका अनुसार १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रूपैयाँ बिगो कायम गरिएको छ । 

हितानका अनुसार राहदानी विभागका सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्यसहितलाई विपक्षी बनाइएको छ ।

उनका अनुसार आयोगले १० जना कर्मचारी, २ कम्पनी, ४ विदेशी नागरिक र २ जर्मन कम्पनीका नेपाली प्रतिनिधिलाई प्रतिवादी बनाएको छ । 
 

 

salt training

कमेन्ट गर्नुहोस्