१२ असार २०८३, शुक्रबार

स्टारमरको राजीनामा लगत्तै एन्डी बर्न्हमले लिए सांसदको शपथ, नयाँ प्रधानमन्त्री बन्ने दौडमा सबैभन्दा अगाडि

असार ८, २०८३
काठमाडौं
स्टारमरको राजीनामा लगत्तै एन्डी बर्न्हमले लिए सांसदको शपथ, नयाँ प्रधानमन्त्री बन्ने दौडमा सबैभन्दा अगाडि

बेलायती प्रधानमन्त्री कीर स्टारमरले राजीनामा घोषणा गरेको केही घण्टाभित्रै 'मेकरफिल्ड' उपनिर्वाचनमा विजयी भएका एन्डी बर्न्हमले संसदको तल्लो सदन 'हाउस अफ कमन्स' मा सांसदको रूपमा शपथ ग्रहण गरेका छन्। 

स्टारमरले डाउनिङ स्ट्रिट बाहिर आफ्नो परिवार र सहयोगीहरूलाई धन्यवाद दिँदै सेप्टेम्बरसम्म वा नयाँ उत्तराधिकारी चयन नभएसम्म पदमा रहने स्पष्ट पारेका छन्।
स्टारमरको राजीनामा लगत्तै लेबर पार्टीभित्र नयाँ नेतृत्वको खोजी तीव्र भएको छ, जसमा एन्डी बर्न्हम सबैभन्दा बलियो उम्मेदवारका रूपमा अगाडि आएका छन्। 

म्यान्चेस्टरका पूर्व मेयर बर्न्हम लन्डन आइपुगेलगत्तै उनलाई समर्थन गर्ने सांसदहरूको ठूलो लहर देखिएको छ। विशेषगरी नेतृत्वको मुख्य दाबेदार मानिएका पूर्व स्वास्थ्य सचिव वेस स्ट्रिटिङले बर्न्हमलाई समर्थन गर्ने घोषणा गरेपछि अब यो प्रतिस्पर्धा निर्वाचनभन्दा पनि बर्न्हमको सहज जित जस्तै देखिएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।
संसद भवनमा शपथ ग्रहणका क्रममा बर्न्हमलाई लेबर पार्टीका सांसदहरूले ठूलो उत्साहका साथ स्वागत गरेका थिए। उनले शपथ लिइरहँदा विपक्षी सांसदहरूले भने उनलाई व्यङ्ग्य समेत गरेका थिए। बर्न्हमले आफू स्टारमरको उत्तराधिकारी बन्न तयार रहेको र पार्टीलाई नयाँ दिशा दिने बताएका छन्। शपथ ग्रहण कार्यक्रममा राहेल रिभ्स र एन्जेला रेनर जस्ता वरिष्ठ लेबर नेताहरूको उपस्थिति थियो।
यसैबीच, विपक्षी दलहरूले भने सरकारमा भएको यो उथलपुथललाई लिएर कडा आलोचना गरेका छन्। कन्जरभेटिभ नेत्री केमी बेडेनोक र लिबरल डेमोक्रेट नेता एड डेभीले बारम्बार प्रधानमन्त्री फेरिनुले देशको राजनीतिक प्रणाली र जनमतको अपमान भएको भन्दै तत्काल आम निर्वाचनको माग गरेका छन्। तर, बर्न्हमले भने अहिले नै निर्वाचनमा जानु हतार हुने प्रतिक्रिया दिएका छन्।

salt training

कमेन्ट गर्नुहोस्