१४ असार २०८३, आइतबार
सम्पत्ति शुद्धीकरण मुद्दा

सुर्खेतमा पक्राउ परेका विष्णु पौडेललाई काठमाडौं ल्याइयो

असार ९, २०८३
काठमाडौं
सुर्खेतमा पक्राउ परेका विष्णु पौडेललाई काठमाडौं ल्याइयो

सोमबार सुर्खेतमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ ।

उनलाई स्थलमार्ग हुँदै मंगलबार दिउँसो काठमाडौं पुर्‍याइएको हो । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला प्रहरी कार्यालयको सुर्खेतसँगको समन्वयमा पौडेललाई सोमबार साँझ सवा ५ बजे वीरेन्द्रनगरस्थित शुभ होटलबाट पक्राउ गरेको थियो ।

उक्त होटलमा एमालेको कर्णाली प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पुनर्गठन सुझाव संकलन कार्यक्रम चलिरहेको थियो । सोही कार्यक्रमका लागि पौडेल त्यहाँ पुगेका थिए । 

पौडेललाई मंगलबार नै प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा लगाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्