
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका जारी गर्दै पहिलो चरणको मतदान भोलि बुधबार बिहान हुने जनाएको छ ।
सार्वजनिक कार्यतालिकाअनुसार सभापति पदका लागि उम्मेदवारको फारम वितरण र दर्ताका लागि जम्मा ३० मिनेटको समय छुट्याइएको छ । मंगलबार बेलुका ७ बजेदेखि ७:३० सम्म सभापतिको फारम वितरण र उम्मेदवारी दर्ताको समय तय गरिएको छ।
यसैगरी, केन्द्रीय सदस्यको फारम वितरण र दर्ताका लागि मंगलबार बेलुका ७:३० देखि राति ९:३० बजेसम्मको समय निर्धारण गरिएको छ ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारको प्रारम्भिक नामावली राति १० बजे प्रकाशन गरिनेछ भने उम्मेदवारविरुद्ध दाबी विरोध गर्ने समय राति १०:३० बजेसम्मलाई निर्धारण गरिएको छ ।
कार्यतालिकाअनुसार दाबी विरोध गरेका उम्मेदवारे राति ११ बजेसम्म जाँचबुझ गरिनेछ । उम्मेदवारको नाम फिर्ता लिने समय राति ११:१५ बजेसम्म छ भने अन्तिम नामावली राति ११:४५ बजेसम्म प्रकाशन हुनेछ ।
