
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध भएका छन् ।
चितवनमा जारी महाधिवेशनमा अध्यक्ष पदमा लामिछानेको मात्रै उम्मेदवारी परेपछि सर्वसम्मत भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए ।
मंगलबार उम्मेदवारी दर्ताको निर्धारित समयमा प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाहको प्रस्ताव र ५१ जना सदस्यहरूको समर्थनमा लामिछानेले उम्मेदवारी दर्ता गराएका थिए ।
केन्द्रीय समिति सदस्यका लागि भने अहिले उम्मेदवारी दर्ता चलिरहेको छ ।