११ असार २०८३, बिहीबार
रास्वपा महाधिवेशन

दल नयाँ, पारा पुरानै [फोटो फिचर]

असार १०, २०८३
चितवन
दल नयाँ, पारा पुरानै [फोटो फिचर]

आफूलाई पुराना दलभन्दा फरक र नयाँ दाबी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा भने पुरानाकै पारा दोहोरिएको छ ।

तीन दिनमै सम्पन्न गर्ने भनिएको महाधिवेशन चौथो दिनसम्म पुग्दा पनि मतदान प्रक्रिया शुरू हुन सकेको छैन । नेतृत्व चयनको प्रक्रिया लम्बिँदै जाँदा व्यवस्थापनमाथि प्रश्न उठ्न थालेका छन् ।

null

अझै महाधिवेशनस्थल वरपरको दृश्यले झन् नयाँको पुरानै पारालाई थप पुष्टि गरेको छ । 

उम्मेदवारहरूले मत माग्न वितरण गरेका पर्चा-पम्पलेट र प्रचार सामग्रीहरू कार्यक्रम स्थलमा यत्रतत्र फालिएका छन् । 

प्रवेशद्वार बाहिर र भित्र ठूलो संख्यामा प्रचार सामग्री जमिनभर छरिएका छन् । तिनले महाधिवेशनस्थल नै फोहोर बनाएको छ । 

 nullnullnullnullnullnullnullnull

पुराना दलहरूको महाधिवेशन तथा चुनावी कार्यक्रमपछि देखिने यस्तै दृश्य र अभ्यासको आलोचना गर्दै आएको रास्वपाले आफ्नै महाधिवेशनमा भने त्यसलाई रोक्न नसकेको देखिएको हो । 

 

salt training

कमेन्ट गर्नुहोस्