१२ असार २०८३, शुक्रबार

रास्वपा महाधिवेशन लम्बिएपछि शुक्रबारका लागि सारियो संसद् बैठक

असार १०, २०८३
काठमाडौं
रास्वपा महाधिवेशन लम्बिएपछि शुक्रबारका लागि सारियो संसद् बैठक
फाइल फोटो

प्रतिनिधिसभा बैठक आगामी शुक्रबार बस्ने भएको छ ।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार एक सूचनामार्फत बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने जानकारी दिएका हुन् ।

'मिति २०८३ असार ११ गते बिहीबार बिहान ११:०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले सभाको बैठक मिति २०८३ असार १२ गते शुक्रबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,' पाण्डेयद्वारा जारी सूचनामा भनिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लम्बिएसँगै संसद् बैठकको मिति परिवर्तन गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्