![यी हुन् रास्वपा केन्द्रीय सदस्यका ३८४ उम्मेदवार [नामावलीसहित]](https://lktcdn2.prixacdn.net/media/RSP--273_83CZSIjJuD.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र जारी छ ।
जारी बन्दसत्रका क्रममा केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ ।
जसमा दाबी विरोधका लागि साँझ ६:३० बजेको समय निर्धारण गरिएको छ ।
उम्मेदवारी दिएका ३८४ बाट ९९ जना रास्वपाको केन्द्रीय समिति सदस्यमा निर्वाचित हुन्छन् ।
जसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ । एउटा प्रदेशबाट पाँच जना निर्वाचित हुनेछन् ।
सात प्रदेशबाट ३५ जना निर्वाचित हुनेछन् भने ६४ जना खुलाका लागि २१० जनाको उम्मेदवारी परेको हो ।
लामिछानेका अनुसार सुदूरपश्चिम प्रदेशमा १८ जना, मधेस प्रदेशमा २० जना, लुम्बिनी प्रदेशमा ३१ जना, कोसी प्रदेशमा २० जना, कर्णाली प्रदेशमा ३१ जना, बागमती प्रदेशमा २७ जना र गण्डकी प्रदेशमा २७ जनाको उम्मेदवारी परेको छ ।
यस्तो छ सूची :








