१५ असार २०८३, सोमबार
बन्दी प्रत्यक्षीकरणको रिट

विष्णु पौडेलको रिहाइ माग्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

असार १०, २०८३
काठमाडौं
विष्णु पौडेलको रिहाइ माग्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ ।

पौडेलकी पत्नी दोमाया पौडेलले दायर गरेको रिट बुधबार सर्वोच्च अदालतमा दर्ता भएको प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार रिटमाथिको सुनुवाइका लागि भोलि बिहीबार पेसी तोकिएको छ ।

रिटमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राजनीतिक प्रतिशोधका आधारमा कुनै ठोस प्रमाण र आधारबिना पौडेललाई पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्ट र कमलकिशोर मालपानी समूहबीच भएको सेयर कारोबारमा चिनजान गराइदिएको भन्ने बयानका आधारमा पौडेललाई पक्राउ गरिएको रिटमा उल्लेख छ । 

प्रहरीले गत सोमबार जरुरी पक्राउ पुर्जीका आधारमा पौडेललाई सुर्खेतबाट साँझ करिब ५:१५ बजे पक्राउ गरेको थियो । 

त्यसपछि स्थलमार्ग हुँदै मंगलबार काठमाडौं ल्याइएका पौडेललाई मंगलबार नै अदालत पेस गरिएको थियो ।

विशेष अदालतले पक्राउ पुर्जीको समर्थन गर्दै थप अनुसन्धानका लागि पौडेललाई हिरासतमा राख्न ७ दिनको म्याद थप अनुमति दिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्