१२ असार २०८३, शुक्रबार
व्यवस्थापनमा चरम कमजोरी

रास्वपा महाधिवेशन लम्बिएपछि प्रतिनिधि आक्रोशित, कतिपय मतदान नै नगरी घर फर्किए

असार ११, २०८३
चितवन
रास्वपा महाधिवेशन लम्बिएपछि प्रतिनिधि आक्रोशित, कतिपय मतदान नै नगरी घर फर्किए

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन व्यवस्थापकीय कमजोरीका कारण विवादमा परेको छ । असार ९ गतेभित्र सक्ने भनिएको महाधिवेशन असार ११ गतेसम्म पनि सकिएको छैन । महाधिवेशन कार्यतालिकाभन्दा दुई दिन ढिलो भएपछि प्रतिनिधि, नेता र कार्यकर्ताहरू असन्तुष्ट बनेका हुन् । 

महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका लागि गएराति १२:३० बजेदेखि मतदान शुरू भएको थियो। जुन अहिले पनि जारी छ । मतदान प्रक्रिया निकै लामो समयसम्म चल्दा घण्टौँसम्म लाइनमा बस्नु परेको प्रतिनिधिहरूले गुनासो गरेका छन् । 

मतदान चलिरहँदा पनि निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको अन्तिम सङ्ख्या सार्वजनिक गर्न सकेको छैन। आयोगले करिब ४ हजारभन्दा बढी प्रतिनिधि रहेको अनुमान गरे पनि यकिन सङ्ख्या अझै स्पष्ट नभएको हो । 

केही प्रदेशमा समयमै अधिवेशन हुन नसक्दा प्रतिनिधि सम्बन्धी विवाद र प्राविधिक समस्या आएको निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले बताए। मतदान सकिएको करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने उनको भनाइ छ । 

null

महाधिवेशनमा पहिलो चरणअन्तर्गत ९९ केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनबाट केन्द्रीय सदस्यहरूको टुङ्गो लागेपछि मात्र सभापतिले थप ५१ जना सदस्य मनोनयन गर्नेछन् । त्यसपछि मात्र पदाधिकारी चयनको प्रक्रिया शुरू हुने भएकाले महाधिवेशन अझै लम्बिने निश्चित छ।

लामो पर्खाइ र कमजोर व्यवस्थापनका कारण देशका विभिन्न जिल्लाबाट आएका धेरै प्रतिनिधिहरू निराश भएका छन्। कतिपय प्रतिनिधिहरू त मतदान प्रक्रिया नै पूरा नगरी घर फर्किसकेका छन्।

null

व्यवस्थापनप्रति असन्तुष्टि केवल प्रतिनिधिहरूमा मात्र छैन। पार्टीकै सांसद, केन्द्रीय सदस्य र नेताहरूले पनि व्यवस्थापन कमजोर रहेको सार्वजनिक रूपमै स्वीकार गरेका छन्। उनीहरूका अनुसार समय व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन र समग्र सङ्गठनात्मक तयारीमा गम्भीर कमजोरी देखिएको छ।

पुराना दलहरूभन्दा फरक र व्यवस्थित राजनीति गर्ने दाबी गर्ने रास्वपाका लागि आफ्नै पहिलो महाधिवेशन एउटा चुनौतीपूर्ण परीक्षा बनेको छ। महाधिवेशनमै यति धेरै अन्योल र ढिलासुस्ती देखिएपछि रास्वपाको नयाँ राजनीतिक संस्कारको दाबीमाथि नै प्रश्न उठ्न थालेको छ । 

salt training

कमेन्ट गर्नुहोस्