१२ असार २०८३, शुक्रबार
रास्वपा महाधिवेशन

रास्वपाको निर्वाचन कार्यतालिका पाँचौंपटक संशोधन, पदाधिकारीको मतदान राति ९ बजेपछि

असार ११, २०८३
काठमाडौं
रास्वपाको निर्वाचन कार्यतालिका पाँचौंपटक संशोधन, पदाधिकारीको मतदान राति ९ बजेपछि

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका पाँचौंपटक संशोधन गरिएको छ । 

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित कार्यतालिकाअनुसार पदाधिकारीको मतदान बिहीबार राति ९ बजेपछि हुनेछ ।

पदाधिकारी पदका लागि उम्मेदवारी फाराम वितरण तथा दर्ता साँझ ६:३० बजेदेखि ७ बजेसम्म हुनेछ । प्रारम्भिक उम्मेदवार नामावली साँझ ७:३० बजे प्रकाशन गरिनेछ भने उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता गर्ने समय राति ८ बजेसम्म तोकिएको छ ।

पदाधिकारी उम्मेदवारविरुद्ध दाबी–विरोध परेका उम्मेदवारमाथि जाँचबुझको काम राति ८:१५ बजेसम्म सम्पन्न गरिनेछ। उम्मेदवारी फिर्ता लिने अन्तिम समय राति ८:३० बजेसम्म तोकिएको छ । 

आयोगका अनुसार पदाधिकारी उम्मेदवारहरूको अन्तिम नामावली राति ८:४५ बजे प्रकाशन गरिनेछ । त्यसपछि राति ८:४५ बजेदेखि ९:१५ बजेसम्म मौन अवधि कायम गरिनेछ ।

पदाधिकारी पदका लागि मतदान राति ९:१५ बजेदेखि १२:१५ बजेसम्म सञ्चालन हुनेछ । 

मतदान सम्पन्न भएपछि राति १२:१५ बजेदेखि मतगणना शुरू गरिने निर्वाचन आयोगले जनाएको छ ।

मतगणनापछि पदाधिकारी निर्वाचनको अन्तिम मतपरिणाम राति १:३० बजे घोषणा गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।

nullnull

salt training

कमेन्ट गर्नुहोस्