
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ ।
बिहीबार राति सार्वजनिक गरिएको प्रारम्भिक नतिजा अनुसार खुला केन्द्रीय सदस्यतर्फ डा. स्वर्णिम वाग्लेले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार खुलातर्फको ३२ सिटका लागि कुल २०४ जनाले उम्मेदवारी दिएका थिए । प्राप्त मत परिणाम अनुसार डा. वाग्लेले २६०७ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेका छन् ।
त्यस्तै, लोकप्रिय मतका साथ सोबिता गौतम २५९४ मत प्राप्त गरी दोस्रो स्थानमा छिन् । निर्वाचन आयोगले अहिले उम्मेदवारहरूले प्राप्त गरेको मत मात्र सार्वजनिक गरेको र यसमा प्रवासबाट प्राप्त मतहरू थप गरी केही समयपछि मात्रै विजयीहरूको आधिकारिक घोषणा गरिने जनाएको छ ।
सार्वजनिक मतपरिणाम शिशिर खनालले २४९५, सागर ढकालले २३३३, रञ्जु दर्शनाले २२४९, मनिष झाले २२३७ र तोसिमा कार्कीले २२५७ मत प्राप्त गरेका छन् ।
यस्तै, हरि ढकाल २२१९, कविन्द्र बुर्लाकोटी २१८४, विपिन आचार्य २१२६ र रमेश प्रसाईले २१२३ मत प्राप्त गर्दै अगाडि देखिएका छन् ।
अन्य प्रतिस्पर्धीहरूमा विराजभक्त श्रेष्ठले २०९४, निशा डाँगीले २०७९, इन्दिरा राना मगरले २०४७, गणेश पराजुलीले २०४५ र जगदिश खरेल (ललितपुर) ले २०४४ मत ल्याएका छन् । पुकार बम २०३०, सुलभ खरेल २००८, प्रमोद न्यौपाने १८९२, यज्ञमणी न्यौपाने १८६९ र सस्मित पोखरेल १८३३ मत पाएका छन् ।
त्यसैगरी, राजुनाथ पाण्डे १८१२, रिमा विश्वकर्मा १८१०, असिम शाह १७२८, खगेन्द्र सुनुवार १७०८, राजिव खत्री १७०१ र समीक्षा बास्कोटाले १६९९ मत प्राप्त गरेका छन् । गणेश कार्की १६९३, सुशान्त वैदिक १५१६, गिता चौधरी १५१६, प्रकृति ढकाल १५१८, लिमा अधिकारी आचार्य १५०४ र मिलन लिम्बूले १५०८ मत प्राप्त गरेका छन् । आयोगले अन्तिम नामावली प्रकाशनको तयारी गरिरहेको छ ।