२० असार २०८३, शनिबार

अमेरिका–नेपाल व्यापारिक सम्बन्ध विस्तारमा एमच्याम नेपाल र क्रस रिभर बैंकको नेतृत्व संवाद

असार १४, २०८३
काठमाडौं
अमेरिका–नेपाल व्यापारिक सम्बन्ध विस्तारमा एमच्याम नेपाल र क्रस रिभर बैंकको नेतृत्व संवाद

नेपालस्थित अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम नेपाल) र क्रस रिभर बैंकको आयोजनामा अमेरिका–नेपाल व्यापारिक तथा आर्थिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले 'नेपाल, विश्वव्यापी पूँजी र वित्तीय नवप्रवर्तनको भविष्य' विषयमा उच्चस्तरीय नेतृत्व संवाद भएको छ ।

कार्यक्रममा बैंकिङ, वित्त, लगानी, फिनटेक, बीमा, निजी इक्विटी तथा निजी क्षेत्रका अग्रणी व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

छलफलमा नेपाललाई उदीयमान लगानी गन्तव्यका रूपमा स्थापित गर्दै नवप्रवर्तन, निजी क्षेत्रको नेतृत्व र दीर्घकालीन साझेदारीमार्फत दुई देशबीचको आर्थिक सहकार्य विस्तार गर्ने विषयमा जोड दिइएको थियो।

एमच्याम नेपालका उपाध्यक्ष आकाश गोल्छाले नेपालमा अमेरिकी लगानी आकर्षित गर्न तथा लगानीमैत्री वातावरण निर्माणका लागि संस्था निरन्तर सक्रिय रहेको बताए।

क्रस रिभर बैंकका कार्यकारी उपाध्यक्ष प्रवेश रिजालले नेपालको भ्रमणलाई दीर्घकालीन सहकार्यको सुरुआतको रूपमा व्याख्या गरे भने सह–लगानी प्रमुख हेनरी पेनेलले नेपालको वित्तीय नेतृत्वको प्रशंसा गरे।

काठमाडौंस्थित अमेरिकी दूतावासकी आर्थिक प्रमुख क्याथरिन लिहीले पनि द्विपक्षीय व्यापार विस्तारको आवश्यकतामा जोड दिइन् ।

एमच्याम नेपालका कार्यकारी निर्देशक अमिर थापाले व्यापारिक कूटनीति, सेलेक्टयूएसए कार्यक्रम, नेपाली डायस्पोरा र डायस्पोरा इन्भेस्टमेन्ट पोर्टल जस्ता पहलबारे जानकारी गराएका थिए।

कार्यक्रमको समापनमा एमच्याम नेपालले अमेरिका–नेपालबीचको साझेदारीलाई लगानी र साझा समृद्धिमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्