माघ २४, २०८०
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
काठमाडाैं | चैत ८, २०७४
जनकपुरधाम, ८ चैत-२०६३ सालमा मधेस आन्दोलन हुँदा शैक्षिक संस्थाहरू पनि प्रभावित भए । २०६३ सालको जन आन्दोलनका क्रममा त्यसै पनि विद्यालय तथा कलेजहरू ठप्प भएर पठनपाठन हुन सकेको थिएन । त्यसलगत्तै मधेस आन्दोलनमा समेत पठनपाठन पूर्णरूपमा ठप्प भयो । परिणामस्वरूप विद्यार्थीहरूले राम्ररी पढ्न पाएनन् ।
कलेजहरूमा निर्धारित शैक्षिक सत्रभित्र पाठ्यक्रम ‘कोर्स’ पूरा हुन सकेन । त्यसकारण परीक्षामा पनि केन्द्राध्यक्ष तथा निरीक्षकहरूले परीक्षालाई खुकुलो बनाइदिए । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा देशैभरी ख्याति प्राप्त रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पस जनकपुरमा परीक्षालाई जानेरै खुकुलो पारियो ।
जयकृष्ण गोइत त्यति बेला उक्त क्याम्पसका प्रमुख थिए । आन्दोलनमा विद्यार्थी, प्राध्यापक, कर्मचारी सबैको ऐक्यबद्धता तथा योगदानसमेत रहेका कारण तत्कालीन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का नेताहरूको अनुरोधमा क्याम्पस प्रशासनले एक वर्षका लागि परीक्षालाई खुकुलो पारेका थिए । तर कसलाई थाहा थियो कि त्यही कुराले निरन्तरता पाउलान्, परीक्षामा चिट चोरीको हद नै नाघ्लान् भनेर त्यतिबेलाका क्यापम्स प्रमुख गोइतले पनि सोचेका थिएनन् । तीन वर्षपछि गोइतले परीक्षा नियन्त्रण गर्न प्रयास पनि नगरेका होइनन्, तर उनी पनि असफल भए । झन् परिणाम नै भयानक हुन गयो ।
सहायक क्याम्पस प्रमुख विद्यार्थीबाटै कुटिए
२०६६ सालको मंसिर महिनामा राराब क्याम्पसमा परीक्षाका लागि क्याम्पस प्रमुख गोइत केन्द्राध्यक्ष थिए । परीक्षामा ‘अब्जर्भर’को रूपमा गोइतले मानविकी संकायका प्रमुख धीरेन्द्रनाथ कर्णलाई खटाए । अघिल्ला वर्षहरूमा जस्तै परीक्षार्थीहरू परीक्षामा चिट चोर्ने, किताब तथा गेस पपेरबाट खुलेयाम सार्ने काम गरिरहेका थिए ।
सोही क्रममा परीक्षा अवलोकन गर्न पुगेका सहायक क्याम्पस प्रमुख कर्णले चिट चोरिरहेका विद्यार्थीहरूको चिट खोस्ने, उत्तरपुस्तिका खोसेर परीक्षा हलबाट बाहिर निकाल्ने काम गर्न थाले । सोही क्रममा उक्त कलेजकै एक जना कर्मचारी पियन तपेश्वर यादवका छोरा सञ्जीव यादवको पनि चिट र उत्तरपुस्तिका कर्णले खोसे । यादव रातोपीरो हुँदै कर्णलाई केही नभनी तर्किँदै परीक्षा हलबाट बाहिरिए ।
त्यसको भोलिपल्ट पुनः परीक्षाको अनुगमन गर्नका लागि कर्ण क्याम्पस पुगेर साइकल स्ट्यान्डमा साइकल लगाएर निस्किँदै गर्दा अचानक करिब ५ जना विद्यार्थीको समूहले उनीमाथि सांघातिक आक्रमण गर्यो । सो समूहको नेतृत्व तिनै सञ्जीवले गरेका थिए । उनीहरूले क्रिकेटको स्टम्पले हान्दै आक्रमण गरेका थिए । लगत्तै क्याम्पस प्रमुख गोइत पनि आए । हत्तपत्त उनलाई जनकपुर अञ्चल अस्पताल पुर्याइयो ।
उनको दाहिने हात भाँचिनुका साथै पूरै शरीरमा चोट लागेको थियो । ‘मलाई कुटपिट गर्ने विद्यार्थीलाई तीन वर्षका लागि परीक्षाबाट ‘एक्स्पेल्ड’ गर्नुका साथै प्रहरीमा उजुरी दिएर कानूनी कारबाही गर्न क्याम्पस प्रमुख गोइतलाई अनुरोध गरेको थिएँ,’ कर्णले लोकान्तरसँग भने, ‘क्याम्पस प्रमुखले त्यो पिउन तपेश्वर र मलाई कुट्ने उनका छोरा सञ्जीवलाई मेरो घरमा ल्याएर माफ गरिदिन भन्नुभयो र घटनालाई झिसमिस पारिदिनुभयो ।’ धेरै नै अड्डी कसेपछि सञ्जीवलाई एक वर्षका लागि निष्कासन गरियो ।
क्याम्पस प्रशासनले कर्णको उपचारमा लागेको ५ हजार रुपैयाँ तिरेर उम्किने काम गरेपछि चिट चोर्ने विद्यार्थीको मनोबल थप बढ्दै गयो भने अर्कातर्फ परीक्षामा कडाइ गर्ने हिम्मत कसैले पनि गरेनन् ।
कर्ण सम्झिन्छन्, ‘झन् त्यसपछि त के भयो भने मलाई कुट्ने त्यही सञ्जीवलाई अर्का क्याम्पस प्रमुख विष्णुदेव यादवले आंशिक कर्मचारीको रूपमा भर्ना नै गरेर उनलाई पुरष्कृत गर्ने र मलाई होच्याउने काम भयो । त्यसपछि कहिल्यै म परीक्षा सुधार गर्नुपर्छ, मर्यादित बनाउनुपर्छ भन्नेतर्फ लागिनँ ।’
त्यसपछि विद्यार्थी नेता, क्याम्पस प्रशासन, कर्मचारी र प्राध्यापकहरू समेतले अमर्यादित परीक्षालाई बढावा मात्रै दिएनन्, कमाइ खाने धन्दा नै बनाए । त्यो धन्दाको बारेमा यसअघि भाग १ र भाग २ मा वृतान्त लेखिसकिएको छ । परीक्षा अमर्यादित हुँदै गयो । बेलाबेला परीक्षा टाइट गरिएको छ भनेर देखाउनका निम्ति रकम नदिने र चिट नक्कल गर्ने केही विद्यार्थी लाई प्रत्येक वर्ष एक्स्पेल्ड गरेर कारबाहीको नाटकसमेत हुँदै आएको छ ।
विष्णुदेव यादवको दुई कार्यकालमा अमर्यादित परीक्षाबाट उनीसँगै थुप्रैले जनकपुरमा ठूलो महल ठड्याए । यादव क्याम्पस प्रमुखबाट हटेपछि नेपाली कांग्रेसका नेता स्वर्गीय महेन्द्र नारायण निधिका जेठो छोरा तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिका दाजु नवेन्द्र निधि क्याम्पस प्रमुख भए । उनले परीक्षा सुधार गर्ने कोशिश त गरे तर, सफल हुन सकेनन् ।
उनकै कार्यकालमा परीक्षामा अब्जर्भरका रूपमा तत्कालीन सहायक क्याम्पस प्रमुख जुगेश्वर साहलाई खटाइएको थियो । उनले एक दिनमा मात्रै कुल २ हजार ४ सय ६० जना विद्यार्थीहरूले परीक्षा दिइरहेका बेला अमर्यादित क्रियाकलापमा संलग्न १ हजार १ सय ५५ जना परीक्षार्थीलाई एकसाथ एक वर्षका लागि निष्कासित गरियो । नेपालको इतिहासमै एकैसाथ एउटा परीक्षा केन्द्रबाट यति धेरै परीक्षार्थीलाई निष्कासित गरिएको यो पहिलो घटना थियो । त्यसपछि आफूलाई ज्यानै मार्नेसम्मका धम्की फोनबाट आएको साहले लोकान्तरलाई बताए ।
महिला अब्जर्भरमाथि हातपात र दुर्व्यवहारको प्रयास
निधि क्याम्पस प्रमुख रहेकै बेला एक महिला अब्जर्भरमाथि विद्यार्थीहरूद्वारा हातपात तथा दुर्व्यवहारको प्रयास गरियो । २०७३ सालमा राराब क्याम्पसमा स्नातक तहको परीक्षा चलिरहँदा अमर्यादित क्रियाकलाप गरिरहेका विद्यार्थीहरूलाई कारबाही गर्दा विद्यार्थीहरूको हुलले उनी माथि हातपातको प्रयास गरेको थियो ।
‘परीक्षामा बाहिरबाट उत्तरपुस्तिका लेखाएर ल्याएका तत्कालीन स्ववियु सभापति नरेश यादव, पदाधिकारीहरू श्रीराम यादव, सुमन्त यादव लगायत कतिपय विद्यार्थी नेताहरूलाई नै एक वर्षको लागि एक्स्पेल्ड गरेकी थिएँ,’ मैथिली विषयकी उपप्राध्यापकसमेत रहेकी विनिता ठाकुरले भनिन्, ‘त्यसपछि पछाडिबाट विद्यार्थीहरूले मेरो कपाल तान्न खोजे, मविरुद्ध नाराबाजी गर्न लगाइयो, अनेक किसिमका गालीगलौज गर्नुका साथै धम्कीसमेत दिइयो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन प्रहरी नायब उपरीक्षक नकुल पोखरेल जो स्नातकोत्तर तहका विद्यार्थी समेत थिए, उनलाई फोन गरेर सुरक्षाकर्मी माग गरी स्कर्टिङमा घरसम्म पुगेको स्मरण गर्छिन् ठाकुर ।
परीक्षा मर्यादित हुनुपर्छ भन्ने सोचका साथ आफू लागे पनि त्यसपछि आएका क्याम्पस प्रमुख विजयलाल दासले मलाई कहिल्यै अब्जर्भर तोकेनन्,’ ठाकुर भन्छिन्, ‘अहिले क्याम्पस प्रमुख दास र चोरी गराउने गिरोहहरूले परीक्षा अमर्यादित बनाएर मोटो रकम कमाइरहेका छन् । सबैको धन्दा सेटिङमै चलेको छ ।’ परीक्षा मर्यादित बनाउनुपर्छ भन्ने सोचमा धेरै प्राध्यापकहरू पनि छन् तर, धन्दाका कारण त्यसो हुन सकेको छैन ।
हिन्दी सिनेमामा खलनायकहरू परीक्षा हलमा पस्दा डेस्कमै छुरा घोपेर परीक्षामा चिट चोर्नेजस्ता दृश्यहरू देखाइन्छन् । त्यस्तै कुनै बेला देशकै सानको रूपमा रहेको जनकपुरको राराब क्याम्पसमा त्यस्तै गुण्डागर्दी नभए पनि विद्यार्थीहरू गुण्डागर्दीकै भरमा परीक्षामा चिट चोर्न पाउने अधिकार रहेको र त्यसो गर्न नदिए गुरुलाई नै सांघातिक हमलासमेत गर्ने प्रयास भएको परिपाटीलाई कसले सुधार्ने हो ? उत्तर पाउन सकिएको छैन ।
यो पनि पढ्नुहोस् :
नपढी विशिष्ट श्रेणीमा त्रिविको परीक्षा उत्तीर्ण गर्न मन छ ? जनकपुर आउनुस् [भाग १]
त्रिविको परीक्षामा मनलाग्दी : १० हजार तिरे बाहिरैबाट उत्तर पुस्तिका भरेर बुझाउन सकिने [भाग २]
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...