२९ जेठ २०८३, शुक्रबार

नगरपालिकाले गर्‍यो ८० बुहारीलाई सम्मान

जेठ २९, २०८३
अर्घाखाँची
नगरपालिकाले गर्‍यो ८० बुहारीलाई सम्मान

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कर्तव्यनिष्ठ असी असल बुहारीलाई सम्मान गरेको छ ।

पछिल्लो समय वृद्ध बुवाआमाको स्याहारसुसार गर्ने परम्परा कमजोर बन्दै गइरहेका बेला घरमै बसेर सासू–ससुराको सेवा गर्दै आएका बुहारीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।

नगरपालिकाका १२ वडाबाट छनोट गरिएका ८५ देखि ९० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकको नियमित रूपमा हेरचाह गर्ने ८० जना बुहारीलाई एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।

वृद्धवृद्धाको दैनिक हेरचाह, दिसापिसाब गराउने, खानपानको व्यवस्था मिलाउने, समयमै औषधि खुवाउने तथा आवश्यक स्याहारसुसार गर्ने बुहारीहरूलाई वडा कार्यालयको सिफारिसका आधारमा छनोट गरी सम्मान गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्