
विवाहको परम्परा विभिन्न देशमा फरक फरक हुने गर्छन् । कतै विवाहपछि हप्तादिनसम्म नुहाउन नहुने परम्परा छ भने कतै घर बाहिर निस्कन नहुने । तर विवाह गरेको तीनसम्म पनि पतिपत्नीलाई बाथरुम जान नदिने र कोठा भित्रै बस्नुपर्ने परम्परा सुन्दा अचम्म लाग्न सक्छ ।

इन्डोनेशियामा विवाहसम्बन्धी एक अचम्मको परम्परा पाइन्छ । यहाँ विवाह गरेका नव दुलहादुलहीलाई तीनदिनसम्म बाथरुममा जान दिइँदैन । यो परम्परा त्यहाँका स्थानीयबासीको आस्था र विश्वाससँग जोडिएको छ ।
यदि नव दुलहादुलहीले तीनदिनभित्रमा बाथरुमको प्रयोग गरेमा उनीहरुको जीवनमाथि नकारात्मक प्रभाव पर्ने विश्वास गरिन्छ ।
यदि त्यसो गरेमा विवाह लामोसमयसम्म नटिक्ने र जीवनमा थुप्रै कठिन समस्याको सामना गर्नुपर्ने मानिन्छ । बाथरुम गएमा पति वा पत्नीको मृत्यु हुने विश्वास गरिन्छ ।
यसै डरका कारण नव विवाहित जोडीले विवाह दिनदेखि कम मात्रै खाना खाने गर्छन् जसले गर्दा बाथरुम जान नपरोस् । तेस्रो दिनपछि त्यहाँको परम्परा अनुसार दुलहादुलही नुहाएर मीठो परिकार बनाएर खाने प्रचलन छ । एजेन्सी